नेकपाको केन्द्रीय समिती बैठक : अब पाँच केन्द्रीय सदस्यले धारणा राख्न बाकी

डेली न्युजराप्ती       ६ माघ २०७९ १५:३० मा प्रकाशित     159 No Comments

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीको मङ्गलबार देखि जारी केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राख्न क्रम अझै जारी छ । महासचिव विप्लवद्वारा प्रस्तुत लिखित प्रस्ताव र आ-आफ्नो कार्यक्षेत्रको कामको उपलब्धि , समस्या , सम्भावना र चुनौतीको बिश्लेषण गर्दै केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन ।

नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तु स्थित कार्यालयमा जारी बैठकमा पछिल्लो जानकारी अनुसार ९० जनाले धारणा राखि सकेका छन भने अब थप ५ केन्द्रिय सदस्यले बोल्न बाकि रहेको छ ।

नेकपाको नवौं केन्द्रिय समितीको तेस्रो बैठकमा सहभागी एक केन्द्रिय सदस्यले भने ” अब पाच जना केन्द्रिय सदस्यहरु बोल्न बाकि हुनुहुन्छ , सम्भवत आजै उहाँहरुले बोलि सकेपछि स्थायी कमिटी सदस्यहरुले आगामी योजनाको मर्म र पार्टी कार्यभारबारे थप प्रशिक्षण दिनुहुन्छ र त्यस लगत्तै संगठन , कार्यबिभाजन र अन्य बिषयमा छलफल हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार