देशभर चिसो बढ्यो, तीन दिनसम्म पानी र हिउँ पर्ने सम्भावना

डेली न्युजराप्ती       ६ माघ २०७८ १८:१७ मा प्रकाशित     322 No Comments


काठमाण्डौ, ६ माघ । अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी र हिउँ परेर चिसो बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । हिउँ र पानी परेपछि चिसो बढ्ने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले दिउँसो देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराउने सम्भावना छ । तर लगातार झरीको सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।
यही प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै देशभरको पहाडी भेटको मौसम अांशिकदेखि सामान्य बदली रहेको उहाँले जानकारी दिनुभयो । यस्तै तराईमा भने हुस्सुरकुहिरो लागेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली भइ पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ । यस्तै राति देशभर आंशिकदेखि सामान्यबदली भइ प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार