अनेकौं टिकाटिप्पनीका बिच विप्लवको क्रेज बढ्दो ,१५ जना युवा नेकपामा समाहित!

डेली न्युजराप्ती       १ श्रावण २०८० २१:४० मा प्रकाशित     281 No Comments

दाङ । रुपन्देहीको शुद्धोधन सियारी गाउँपालिकामा १५ जना युवाहरु नेकपामा समाहित भएका छन् । युवाहरुलाई नेकपा केन्द्रीय सदस्य विश्वास सीले अवीर लगाएर स्वागत गरेका थिए।

पुरानो व्यवस्था र प्रणालीले देशमा युवाहरूको भविस्य अनिश्चित भएको र युवा अधिकारका लागि समाजवादी व्यवस्था अनिवार्य रहेको भन्दै उनिहरु नेकपामा समाहित भएको सेक्रेटरी विरेन्द्र सीले बताएका छन।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य विश्वासले युवाहरु एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताउदै संसदीय व्यवस्थाले युवाहरुलाई बेचिरहेको बताए ।

युवा संगठन नेपाल पूर्वी लुम्बिनी व्युरो इन्चार्ज भक्त सीले सबै युवाहरुलाई क्रान्तिमा जोडिन अनुरोध गरेका थिए ।

संगठनले शुद्धोधन र सियारी गाउँ कमिटीको बैठक समेत सम्पन्न गरेको स्रोतले बताएको छ ।

यता विप्लव नेकपाप्रती क्रान्तिकारी युवाहरुको क्रेज बढिरहेको बेला विप्लवलाई माओवादी केन्द्रसंग पार्टी एकता गराएर महासचिव बनाउने चर्चा चलिरहेकै छ । तर विप्लव नेकपाले भने अहिलेकै अवस्थामा पार्टी एकता सम्भव नभएको तथापि पुर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने बेला आएको बताईरहेका छन् ।

विप्लव भने माओवादी केन्द्रको महासचिव बन्ने भन्ने कुरामा रत्तिभर सत्यता नभएको बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार