अबदेखि चुरोटको मूल्य अंकित पोष्टर टाँसे कारबाही !

डेली न्युजराप्ती       २७ बैशाख २०८० ११:१९ मा प्रकाशित     98 No Comments

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना सार्वजनिक गरी सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा राखेमा कारबाही हुने जनाएको छ । मन्त्रालयले यसरी मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको हो । ‘नेपालमा सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दर रेटसहित मूल्य सुची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ विपरीत भएकाले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट बिडी, गुट्खा आदिका मूल्य सुची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले आज जारी गरेको सूचनामा भनेको छ ।
सो सूचना अनुसार ‘यदि टाँस गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना हुने ब्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार