कपुरकोट गाउँपालिकाको अध्यक्षमा समाजवादीका पुन विजयी

डेली न्युजराप्ती       ३ जेष्ठ २०७९ ०८:०६ मा प्रकाशित     273 No Comments


सल्यान, २ जेठ । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकिकृत समाजवादीका दुर्गा बहादुर पुन विजयी हुनुभएको छ । गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बन्नुभएका पुनले २२४ मतले एमालेका भिमबहादुर सेनलाई पछि पार्दै विजयी हासील गर्नुभएको हो । पुनले ३१६० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी एमालेका सेनले अध्यक्ष पदमा २९३६ मत प्राप्त गर्नु भएको थियो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीले ३२४० मत प्राप्त गरेर उपाध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका भिमा बुढाथोकीले २७४५ मत प्राप्त गर्नुभएको थियो । यसैगरी कांग्रेसको तर्फबाट विष्णु प्रसाद शर्माले अध्यक्ष पदमा १५७२ र ओकी महताराले उपाध्यक्ष पदमा १५३९ मत प्राप्त गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चाका तुलसीराम योगीले २७ मत प्राप्त गर्नुभएको थियो । कपुरकोट गाउँपालिकामा समाजवादी र माओदी बीच गठबन्धन भएको थियो ।

अन्तीममा गणना भएको वडा नम्बर ६ मा राप्रपाका श्यामकृष्ण बोहराले ५५० मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित हुुनुभएको छ । एमालेसंग राप्रपाले तालमेल गरेको थियो । कपुरकोट गाउँपालिकामा वडा नं १ र ५ को वडा अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रले जित निकालेको छ भने वडा नं २ र ४ को वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ भने वडा नं ३ मा नेपाली कांग्रेस विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार