दाङमा स्वतन्त्र जनपक्षीय उम्मेदवारहरु ‘पुतली’ चुनाव चिन्ह सहित निर्वाचनमा होमिए

डेली न्युजराप्ती       १८ बैशाख २०७९ २२:३० मा प्रकाशित     343 No Comments


बैशाख १८,दाङ। दाङमा नेकपाको समर्थनका स्वतन्त्र,जनवादी एवम जनपक्षीय उम्मेदवारहरुले पुतली चुनाव चिन्ह सहित निर्वाचनमा होमिएका छन।
तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्र उप-प्रमुख पदका उम्मेदवार खेमराज वलीलाई यतिबेला ठाउँठाउँमा चुनावी सभालाइ सम्बोधन गर्न भ्याइनभ्याई छ। उनी तुलसीपुरका १९ वडामा स्वतन्त्र उम्मेदवारहरुले आयोजना गर्ने चुनावी सभालाइ सम्बोधन गरिरहेका छन।

यस्तै तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा स्वतन्त्र उम्मेदवारहरुले चुनावी घरदैलो अभियानलाइ समेत अगाडि बढाएका छन।
आज आइतबार तुलसीपुर उपमहानगरपालिका वडा नं.७ मा स्वतन्त्र उम्मेदवारले बृहत मोटरसाइकल र्याली सहित वडा परिक्रमा गरेका थिए। तुलसीपुर-७ बाट स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार भिम बहादुर डागी(किरण) सहित वडा सदस्यका उम्मेदवार रुद्र बहादुर वली र कालिराम चौधरी निर्वाचनमा होमिएका छन।
यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं.३,५,९,१२,१५ र १९ मा स्वतन्त्र उम्मेदवारहरुले चुनाव केन्द्रित सभा लगाएत घरदैलो कार्यक्रमलाई अगाडि बढाएको बताइएको छ। यस्तै शान्तिनगर गाउपालिकामा आज स्वतन्त्र उम्मेदवारले चुनावी सभा सम्पन्न गरेका छन। गाउपालिकाको वडा नं.३ मा स्वतन्त्र उम्मेदवारको भव्य चुनावी सभा सम्पन्न भएको सोही वडाका स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार मनोज परियारले जानकारी दिएका हुन।
यस्तै दाङको गढवा,राजपुर,लमही,घोराही लगाएतका पालिकामा पनि नेकपाको समर्थनका स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुले चुनावी अभियानलाई अगाडी बढाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार