टाउकोमा पक्राउ पुर्जीको भारी थाम्दै विप्लवले पठाए पुनर्निर्माणका लागि भुकम्प प्रभावित क्षेत्रमा पार्टीपंक्ति

डेली न्युजराप्ती       २१ मंसिर २०८० २१:४३ मा प्रकाशित     297 No Comments

हेमन्त प्रकाश ओली ।

मंसिर २१ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम विप्लव सीले भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि पार्टीपंक्ती खटाएका छन् ।

महासचिव विप्लवले भुकम्प प्रभावित क्षेत्र जाजरकोट , रुकुम र सल्यानमा पार्टीको पुर्व/ पश्चिम लुम्बिनी ब्युरो एवम राप्ती ब्युरोको सिंगो पार्टीपंक्तीलाई पुनर्निर्माणमा परिचालन गरेका छन् ।

महासचिव विप्लवको निर्देशन अनुसार नेकपा पश्चिम लुम्बिनी ब्युरो , नेकपा पुर्बी लुम्बिनी ब्युरो तथा राप्ती ब्युरोको भुकम्प पीडित एकीकृत सहायता घुम्ती टीम परिचालन गरिएको नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सीले डेलिन्युजराप्तीलाई जानकारी दिएका छन् ।

भुकम्प प्रभावित क्षेत्रमा नेकपाको तेस्रो चरणको सहायता टीम

परिचालन भएको हो ।

अस्थायी आवास निर्माण गरि घर खोसिएका नागरिकहरुलाइ पुनःस्थापन मुख्य लक्ष्य रहेको नेकपाले जनाएको छ ।

पुनर्निर्माण अभियान अन्तर्गत रुकुम पश्चिममा पश्चिम लुम्बिनी ब्युरोको तर्फबाट नेकपाका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज जागृति सीले गर्नुहुनेछ भने सल्यानमा नेकपाका पोलिटब्युरो सदस्य तथा पुर्वी लुम्बिनी ब्युरो इन्चार्ज वसन्त सी प्रज्वलनले गर्ने पार्टी निकट स्रोतले जानकारी दिएको छ । यी दुवै टीम सँग राप्ती ब्युरोको भुकम्प पीडित एकीकृत सहायता घुम्ती टीम पनि परिचालन गरिएको नेकपा राप्ती ब्युरोले जनाएको छ ।

यसैबीच जिल्ला अदालत काठमाडौंले २०७६ साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गर्दै गोरखापत्रमा सूचना प्रकाशित गरेपछी नेकपाले चरणबद्ध संघर्षका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

एकातिर राज्यले विप्लवलाइ वारेन्ट जारी गरेको छ भने अर्कोतिर नेकपाका महासचिव विप्लवले भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि नेताकार्यकर्ता परिचालन गरिरहेका छन् ।

भुकम्प प्रभावित क्षेत्रमा नेकपाका नेताकार्यकर्ता (फोटोफिचर):

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार