भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको निधन

डेली न्युजराप्ती       १५ पुष २०७९ ०८:३८ मा प्रकाशित     305 No Comments

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको शुक्रबार बिहान स्थानीय समय अनुसार ३:३० बजे निधन भएको हो।आफ्नी आमाको निधनमा प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य भएको बताएका छन्।हीराबेन गान्धीनगर सहर नजिकैको रायसान गाउँमा प्रधानमन्त्री मोदीका भाइ पंकज मोदीसँग बस्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार