एमसिसीविरुद्ध नेकपाको कार्यक्रममा प्रहरीको लाठीचार्ज,प्रकाण्ड सहित दर्जनौं नेता घाइते

डेली न्युजराप्ती       २८ मंसिर २०७८ १६:३० मा प्रकाशित     1202 2 Comments


काठमाडौ। एमसीसीविरुद्ध संसद घेराउ कार्यक्रममा प्रहरीले लाठीचार्ज गर्दा दर्जनौँ आन्दोलनकारी भएका छन् । बबरमहलबाट बानेश्वर प्रवेश गरेको जुलुसलाई प्रहरीले लाठीचार्ज गर्दा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डसहित दर्जनौँ आन्दोलनकारी घाइते भएका छन् ।

प्रहरीको प्रतिरोध गर्दा केही प्रहरीहरु पनि घाइते भएका छन् । एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले प्रहरीको दमन र हस्तक्षेपका बाबजुद आज बानेश्वरस्थित संसदभवन घेराउ कार्यक्रम जारी राखेका छन् ।

राष्ट्रघाती एमसीसी विरुद्धको प्रदर्शनबाट गिरफ्तार हुनेहरुमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम पुन, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल, नेकपा नेता डबल शाह, अखिल नेपाल किसान महासंघका अध्यक्ष हरि श्रेष्ठ, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरु मदन केसी, डिबी चन्द, गोविन्द बिष्ट, लोकेश जोशी, अखिल (क्रान्तिकारी) कै दयाराम लुहार, सपना पुन मगर, प्रजित विक, जनक शाही, घनश्याम खड्का, हिक्मत परियार, नवीन बिष्ट, सुवास महत, पुर्णचन्द्र खड्का, समीर थापा, प्रजिना दर्नाल, चिरायु भेटुवाल, स्मृति कार्की, राहुल भुषन विक लगायत २ दर्जन जति गिरफ्तार भएका छन् ।

प्रहरीको निषेधित क्षेत्र तोडेर अगाडि बढ्दै हजारौँ आन्दोलनकारीहरु एमसीसी विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार