श्रम उत्सवमा जनपत्रकार संगठन नेपालका अध्यक्षसहित दर्जनबढी पत्रकार सहभागी!

डेली न्युजराप्ती       १५ असार २०८० २०:४४ मा प्रकाशित     163 No Comments

असार १५ , कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीद्वारा शुक्रबार आयोजना गरिएको श्रम उत्सवमा जनपत्रकार संगठन नेपाल पनि सहभागी भएको छ ।

नेकपाको आत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी केन्द्रिय अभियान २०८० को रिपोर्टिङका लागि कपिलवस्तु पुगेको जनपत्रकार संगठन नेपालको केन्द्रीय टोलि समाचार रिपोर्टिङका साथसाथै प्रत्यक्ष श्रममा समेत सहभागी भएको हो ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेर बहादुर बिश्वकर्मा , सचिव बसन्त विक , संगठन लुम्बिनी प्रदेश समन्वय समितिका संयोजक राजेन्द्र रावत क्षत्री , संगठनका केन्द्रीय सदस्यहरु हेमन्त प्रकाश ओली , जंग रेउले , मान बहादुर सहकारीसहित दर्जनबढी पत्रकारहरुले नेकपाको श्रम उत्सव उद्घाटनमा धान रोपेर श्रम गरेका थिए।

श्रम उत्सवको रिपोर्टिङका लागि पुगेका जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेर बहादुर बिश्वकर्माले भने – ‘हामी रिपोर्टिङका लागि आएका थियौं तर यहाँ केही नौलो अनुभुती गरेका छौँ । अरुले गरेजस्तो यो औपचारिक धान रोपाइँ मात्रै लागेन , यो देशलाइ आत्मनिर्भर बनाउनका लागि नेकपाको पहल रहेछ । आत्मनिर्भर पार्टी र आत्मनिर्भर देशको नारा भनेर जो यो पार्टीले भनेको छ त्यसलाई मदत पुगोस भनेर श्रममा सहभागी बनेका हौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार