दलित मुक्ती मोर्चा नेपाल दाङको दोस्रो बैठक सम्पन्न

डेली न्युजराप्ती       १ भाद्र २०७८ १९:४१ मा प्रकाशित     466 No Comments


हेमन्त वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ती मोर्चा नेपाल दाङको दोस्रो जिल्ला बैठक मंगलबार घोराहीमा सम्पन्न भएको छ।
बैठकले जिल्ला सम्मेलन गर्ने,असोज महिना भित्र पालिका भेला गर्ने,जिल्लामा अन्तर्क्रीया/छलफल तथा भेटघाट गर्ने,छुवाछुत,दलित हिंसाको विषयमा जनचेतना फैलाउने तथा भण्डाफोर गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ।बैठकले जिल्ला अन्तर्गत पालिका इन्चार्जहरुको जिम्मेवारी पनि ठोस गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपा बिशेष कमिटी सदस्य तथा दलित मुक्ती मोर्चा नेपालका केन्द्रिय उपाध्यक्ष सीता बिक(सम्झना),नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,नेकपा घोराही नगर इन्चार्ज तिलकको आतिथ्य रहेको थियो।
बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले वैज्ञानिक समाजवादी राज्यव्यवस्थामा मात्रै दलितहरुको अधिकार सुनिस्चित हुने बताए।इन्चार्ज शितलले आफ्नो पार्टीले नेपालमा वैज्ञानिक समाजवाद प्राप्तिको लागि जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिने एजेन्डा अघि सारेको बताए।नेता शितलले बिश्वमै असफल सिद्ध संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने बिसयमा जनमतसंग्रह हुनुपर्ने बताए।
बैठकमा मन्तव्य राख्दै नेकपा बिशेष कमिटी सदस्य तथा दलित मुक्ती मोर्चाकि केन्द्रीय उपाध्यक्ष सीता बिक(सम्झना)ले नेपालमा अहिलेपनी लाखौ दलितहरुलाइ मानवीय व्यवहार नगरिएको बताइन।उनले सम्पुर्ण उत्पीडित समुदायको अधिकार संसदीय व्यवस्थाबाट सम्भब नभएको जिकिर गरिन।नेतृ सम्झनाले आफुहरु दलितहरुको अधिकारका लागि दस बर्ष भीषण जनयुद्ध लडेको तर नेतृत्वको गद्दारीका कारण सबै उपलब्धि गुमाउनु परेको बताइन। एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढेर आफ्नो अधिकार प्राप्त गर्नुनै अहिले सम्पुर्ण दलित समुदायको गहन जिम्मेवारी भएको नेतृ सम्झनाको उद्घोष थियो।
बैठकमा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले समग्र जिल्लाको योजना सहित जिल्लामा मोर्चाले गर्ने कामकारबाहीको बिसयमा प्रशिक्षित गरेका थिए।
दलित मुक्ती मोर्चा नेपाल दाङको दोस्रो बैठकको संचालन तथा अध्यक्षता मोर्चाका जिल्ला अध्यक्ष सुरजले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार