दाङ । राप्ती बाल एकाडेमीले अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि हात पारेको छ । प्रतियोगितामा १२५ अंक सहित राप्ती वाल एकाडेमी तुलसीपुर-६ प्रथम भएको हो । प्रथम हुने राप्तीले नगद पाँच हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा हिजो शुक्रवार भएको अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगितामा १२० अंक सहित हाम्रो पहुँच सेकेन्डरी स्कुल तुलसीपुर-७ र तुलसी आवासीय मावि तुलसीपुर-५ ले द्वितिय स्थान प्राप्त गरेका छन ।
यस्तै द्वितिय स्थान प्राप्त गर्न सफल हाम्रो पहुँच सेकेन्डरी स्कुल र तुलसी आवासीय माविले समान नगद दुई हजार पाँच सय सहित प्रमाण पत्रबाट सम्मानित भएका हुन् ।
रोटरी क्लव अफ तुलसिपुर सिटीका भावी अध्यक्ष पवन कुमार योगीको अध्यक्षता तथा असिसटेन्ट गभर्नर आर.आई.डिष्ट्रिक ३२९२ जोन २६ तुफानबावु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
श्रेष्ठले बिद्यार्थी जिवन कितावी ज्ञानमा मात्र सिमित भैरहेको पछिल्लो अवस्थाको चित्रण गर्दे वाह्य ज्ञानको पनि उत्तीकै महत्व रहेको बताउनुभयो । उहाँले वौद्धिक्ताको मापन प्रतियोगिताले मात्र सम्भव नहुने भन्दै विद्यालयहरुले पनी वालबालीकाको क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यक्रलाई निरन्तर सञ्चालन गर्नुपर्ने वातउनुभयो ।
विगत लामो समय देखि दाङ जिल्लाका विभिन्न क्षेत्रमा सामाजीक कार्यमा सक्रिय रहेका रोटरी क्लव अफ तुलसिपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसिपुरले शिक्षा क्षेत्रमा केही नयाँ गरौ, बालबालिकामा भएको ज्ञानलाई अगाडी वढाउ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक रुपेश शर्माले जानकारी दिनुभयो।
कार्यक्रममा रोटरी क्लव अफ तुलसिपुर सिटीका पुर्व अध्यक्ष विमल रिजाल,विजय के.सी,रेडियो हाम्रो पहुँच का स्टेशन म्यानेजर बसन्त पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । हाजिरी-जवाफ कार्यक्रमको सहजिकरण तुफानबावु श्रेष्ठ र सन्दीप रिजालले गर्नुभएको थियो भने औपचारीक कार्यक्रमको सहजिकरण रोटरी क्लव अफ तुलसिपुर सिटीका सह-सचिव दिपेश भण्डारीले गर्नुभएको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.