जबरजस्ती यौन धन्दामा लगाउने ३ जना पक्राउ

डेली न्युजराप्ती       ७ श्रावण २०७९ ०६:५६ मा प्रकाशित     172 No Comments


तुलसीपुर । जबरजस्ती यौन धन्दामा लगाउने घोराही बसपार्कमा रहेको दाजुभाइ होटलका संचालकसहित तीन जनालाईजिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।

२० वर्षीय किशोरीलाई बाध्य पारी यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर बस्ने अन्दाजी ५० बर्षका इन्द्र बहादुर केसी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ घर भई घोराही बसपार्कमा दाजुभाइ होटल सञ्चालक ३६ वर्षका झमन विक र घोराही उपमहानगरपालिका १० बस्ने ४२ वर्षकी सिता विकलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका ईन्द्र बहादुर केसीले समान्य चिनजानको आधारमा शुरुमा आफैले २० वर्षीय युवतीसँग शारीरिक सम्पर्क गर्ने गरेको र पछि होटलमा लगेर ग्राहकसँग लगाउने गरेको पाइएको डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
पीडितले जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

पक्राउ परेकाबिरुद्ध मानव बेचविखन तथा ओसारपसार कसुरमा म्याद थप गरेर आवश्यक अनुन्सन्धान भइरहेको प्रहरीको भनाई छ । मानव बेचविखन तथा ओसार पसार मुद्दामा दोषी ठहर भए १५ देखि २० वर्ष सम्म कैद र १ देखि २ लाख रुपैयाँ सम्म जरिवानाको कानुनी व्यवस्था छ । युवतीलाई करिब ६ महिना अघिदेखि यौनधन्दामा लगाउन बाध्य पारिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार