सर्खेत: मध्यपश्चिम विश्वविद्यालयका उकुलपति नन्दबहादुर सिंहले नेपालको लागि विप्लव जस्तो नेताको खाँचो भएको ठोकुवा गरेका छन् ।विश्वविद्यालयले आइतबार विश्वविद्यालय परिसरमा आयोजना गरेको विद्यार्थीसँग विप्लव कार्यक्रमलाई सम्वोधन गर्दै उपकुलपति सिंहहले नेपाललाई परिवर्तनका लागि विप्लवको खाँचो भएको ठोकुवा गरेका हुन् ।उपकुलपति सिंहले बोल्ने नेता भन्दा व्यवहारमा काम गरेर देखाउने नेताको आवश्यकता भएको औल्याउदै विप्लवले बोल्ने मात्र होइन व्यवहारमै सयौ विगाह जग्गामा उत्पादनको काम गरेर देखाएको बताए ।उनले देश बचाउने, भ्रष्टाचार रोक्ने, राष्ट्रिय पुँजी बढाउने र कृषि क्रान्ति गर्ने नेताको आवश्यकता भएको बताउँदै नेपालको लागि विप्लव एकमात्र विकल्प भएको दाबी गरे ।उकुलपति सिंहले विश्वविद्यालयमा राम्रो काम गर्न खोज्दा ११० मुद्दा परेको गुनासो समेत गरे । उनले विश्वविद्यालयमा राजनैतिक दबाब बढेको खुलासा गर्दै भने, “हामी लोकल हौँ । फलानो पार्टीका हौँ भन्छन् । झोले टिचर लगाएर तालाबन्दी गर्छन् ।”उपकुलपति सिंहले आफु कोही कसैको दबाबमा नपर्ने र राम्रो काम गर्ने विश्वास दिलाउँदै विश्वविद्यालयलाई गाईगोठ बनाउन नदिने अठोट व्यक्त गरे । उनले भने, “विश्वविद्यालयलाई गाईगोठ बनाउन खोज्नेहरुलाई एक हुन दिन्न, दुई हुन दिन्न, तीन हुन दिन्न ।”उपकुलपति सिंहले नेपालमा प्लव टु पढ्ने र ब्याजलर पढ्ने विद्यार्थीहरु विदेश पढ्न जाने कुराले एकातिर नेपालको पुँजी पलायन भएको र अर्कोतिर नेपालका विश्वविद्यालयहरु खाली भएकाले यस्तो कार्य राज्यले रोक्नु पर्ने माग गरे ।उनलेे नेकपा महासचिव विप्लवलाई निमन्त्रणा स्वीकार गरी कार्यक्रममा सहभागी भएकोमा धन्यवाद दिदै अन्तमा विश्वविद्यालयको तर्फबाट मायाको चिनो समेत प्रदान गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.