राज्यले हामीसंग निहुँ खोजिरहेको छ:पाटन

डेली न्युजराप्ती       ११ असार २०७९ १८:३१ मा प्रकाशित     529 No Comments


असार ११,तुलसीपुर। युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीले राज्यले आफुहरुसंग निहुँ खोजिरहेको बताएका छन।

नेकपा दाङद्वारा तुलसीपुरमा आयोजित राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन। नेता पाटनले राज्यले आफ्नो पार्टीसंग गरेको तीन बुदे सहमती लागु नगरेर निहुँ खोजिरहेको बताएका हुन। उनले भने– ‘तत्कालीन केपि वली नेतृत्वको सरकारले हाम्रो पार्टीसंग तीन बुदे राजनीतिक सहमती गर्यो तर राज्य सहमती पालना नगरेर हामीसंग निहुँ खोजिरहेको छ। राज्यले तीन बुदे सहमती अक्षरंस पालना नगरे हामी जनतामा फर्किन्छौ ,संघर्ष चर्काउछौ।’

राष्ट्रिय राजनीती र बिश्व राजनितीमा घटेका घटनाक्रमले क्रान्तीलाई नजिक ल्याएको नेता पाटनको भनाइ थियो।

पुजीवादको नाइके अमेरिका संकटमा छ।रुस-युक्रेन युद्धमा साम्राज्यवादी अमेरिका पराजित भएको छ।रुसलाइ आर्थिक र सैन्य हिसाबले नाकाबन्दीको प्रयास बिफल भएको छ। साथै यहाँको दलाल संसदीय पुजीवादी सत्ता चरम संकटमा भएकाले क्रान्ती अनिवार्य र नजिक भएको नेता पाटनको जिकिर थियो।

महंगिले देश टाट पल्टिने अवस्थामा पुगेको भन्दै नेता पाटनले भने– ‘राष्ट्रघातका ठुलाठुला शृङ्खलाहरु अघि बढेका छन।मक्किएको संसदीय व्यवस्था ढाल्न क्रान्तीको तयारी गर्नैपर्ने छ।’
नेकपा बिभाजन गरि अलग गुट बनाएका धर्मेन्द्र-सुदर्शनबाट क्रान्ती सम्भव नभएको समेत नेता पाटनको जिकिर थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार