न्यूजराप्ती,दाङ। दाङमा पछिल्लो समय नेत्र बिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रबेश गर्नेको संख्या बढिरहेको छ।
केही समयअघि मात्रै राष्ट्रिय जनमुक्ति पार्टीका नेता आशिष बिकले नेकपा प्रबेश गरेका थिए। उनले संसदीय व्यवस्थाबाट जनता र राष्ट्रको मुक्ती नहुने भन्दै सच्चा कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी प्रबेश गरेको प्रेस बिज्ञप्ति मार्फत जनाएका थिए। यस्तै आज एक प्रेस बिज्ञप्ति जारी गर्दै २०६२ सालदेखी मधेसी जनधिकार फोरम नेपालमा काम गर्दै उक्त पार्टीको दाङ जिल्ला कार्यसमिति उपाध्यक्ष र युवा अध्यक्ष समेत रहेका तथा पछिल्लो समय संघीय समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टीमा सक्रिय रहि काम गर्दै आएका देउखुरी गढवाका प्रभावशाली नेता सीता राम यादवले नेकपा प्रबेश गरेको जनाएका छन।
यादवले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै जसपाले नेपाली जनतालाइ ठूलो घात गर्ने भारतिय दलालहरुलाई पार्टीमा समाबेश गरेकोले पार्टी छोडेर संसदीय व्यवस्था खारेज तथा जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा सहित अघि बढेको सच्चा कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी प्रबेश गरेको उल्लेख गरेका छन।
गढवा गाउपालिका-५ निवासी यादवले नेता होइन नीति परिवर्तन गरि तीन करोड नेपाली जनताको जनमुखी बिकास , भ्रष्टाचारीहरुको कारवाही र जनसरकार निर्माणका लागि समेत पार्टी प्रबेश गरेको बताएका छन।
प्रेस बिज्ञप्तिको पुर्णपाठ:-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.