कालिकोटमा नेकपाले खाता खोल्यो,पार्टीको समर्थन रहेका वडा अध्यक्षका उम्मेदवार बोगटी निर्वाचित

डेली न्युजराप्ती       २ जेष्ठ २०७९ ०९:५६ मा प्रकाशित     516 No Comments

जेठ २,कालिकोट। कालिकोटमा सहिद स्मृति गाउँ(नरहरिनाथ गाउपालिका)-५ रुप्सामा नेकपा समर्थित उम्मेदवार बिजयी भएका छन।

गाउँपालिका-५ बाट चुनाव चिन्ह हास सहित चुनावमा भाग लिएका स्वतन्त्र उम्मेदवार जीवन बोगटी निर्वाचित भएका हुन। स्वतन्त्र उम्मेदवार बोगटी विप्लव नेतृत्व नेकपा निकटका नेता समेत हुन। उनले निकटतम प्रतिद्वन्दी नेकपा(माओवादी केन्द्र)का उम्मेदवारलाई हराउदै बिजयी भएका हुन।

स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार बोगटीले ४५४ मत ल्याएर बिजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा(माओवादी केन्द्र) का उम्मेदवारले ३३९ मत प्राप्त गरेका थिए। यस्तै नेकपा(एमाले) ले ४ मत र नेपाली कांग्रेसका उम्मेदवारले जम्मा १३ मत प्राप्त गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार