एमसीसी र आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन खारेज गर्छौं: प्रवक्ता प्रकाण्ड

डेली न्युजराप्ती       १५ कार्तिक २०७९ २०:१० मा प्रकाशित     212 No Comments

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी)ले शहिदहरुका सपना पुरा नहुँदासम्म लडिरहने बताएका छन् । नेकपाको नवौं महाधिवेशनले गरेका निर्णयहरु बारे जनाकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रकाण्डले जसरी पनि शहिदको सपना पुरा गरेरै छोड्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले नवौं महाधिवेशनले संश्लेषण गरेका विषयहरुलाई जानकारी गराएका थिए । आफ्नो पार्टी विश्व क्रान्तिको अङ्ग भएको भन्दै यसले गरेका निर्णयहरु अन्तराष्ट्रिय महत्व हुने उनको भनाई थियो । ‘महाधिवेशनले गरेका निर्णयहरु अन्तराष्ट्रिय महत्वको भएका यसलाई रोक्न दलाल तत्वले हदैसम्मको षड्यन्त्र गर्यो र हामीले त्यस विरुद्ध राजनीतिक संघर्ष गर्नु पर्यो ।’, उनले भने, ‘हामीले हाम्रो आफ्नै कार्यालयमा महाधिवेशन गर्न थालेपछि दलाल तत्वले हार्यो, हामी सफल भयौं ।’

‘हाम्रो महाधिवेशनले धेरैलाई खुशी तुल्याएको छ, सच्चा लोकतन्त्रवादी देखि देशभक्तहरुलाई उर्जा दिएको छ। अहिलेको साम्राज्यवाद सवैखाले अन्तरविरोध उत्कर्षमा पुगेको समय हो।’, सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘६२/६३ मा नेपालको जनयुद्धले सेट व्याक खाएको कारणले नै आज मुलुक संकटको भुमरीमा फस्दै गएको छ।
समाज विज्ञानमा नयाँ विचारको संश्लेसणको आवश्यकता छ। भौतिक विज्ञानको विकास अनुसार नै मार्क्सवादी दर्शनमा पनि नयाँ विकास जरुरी छ। हामीले त्यसमा केही विकास गरेका छौँ ।’

समाजवादी व्यवस्था उत्कृष्ट व्यवस्था हुदा हुदै पनि यसको प्रयोगमा केहि कमजोरीका कारण लोकप्रिय बनाउन नसकिएको महाधिवेशनले संस्लेसन गरेको उनको भनाई छ । ‘विभिन्न देशमा समाजवाद किन असफल भयो ? त्यसको समाधानका लागि वैज्ञानिक समाजवादको अवधारणा ल्याएका छौँ । त्यसको निर्वाचन प्रणालीमा पनि जन नियन्त्रण हुने अर्थात एकीकृत निर्वाचन प्रणाली प्रस्ताव गरेका छौँ ।’ उनले भने ।

‘पुँजीको उत्पादन जहिल्यै सामाजिक हुन्छ । तर पुँजीवादले त्यसलाई व्यक्तिगत बनायो । त्यसैको बलमा मानव प्राणिलाई शोषण दमन गरिरहेका छन् । सामुहिक रुपमा उत्पादन गरिने पुँजीमाथि स्वामित्व पनि सामुहिक हुनुपर्छ ।’, उनले अगाडि भने, ‘समाजवादको पहिलो चरणमा पुँजीमाथिको निजी स्वामित्वलाई पनि स्थान दिईने छ। त्यसलाई हामीले अब एकीकृत अर्थ प्रणालीको प्रस्ताव गरेका छौ। यसवारे बहस छलफल होस भन्ने हामी चाहान्छौ।’

महाधिवेशनले कम्युनिस्ट पार्टी भित्र देखा पर्ने विभिन्न प्रवृतीहरु मध्ये कुन सहि र कुन गलत के हो भन्ने बारे तथ्यको आधारमा रुपान्तरण गर्ने दृष्टिकोण अगाडि सारेको बताए । ‘एक धुर्विय अमेरिकी विश्व व्यवस्थाको ठाउमा विश्व अहिले दुर्इ ध्रुविय र बहु ध्रुविय भएको छ । यसलाई हामीले भूमण्डलीकृत पुँजीवाद भनेका छौँ। र यस विरुद्ध चौथो अन्तराष्ट्रिय निर्माण आवश्यक छ भन्ने हाम्रो निश्कर्ष हो ।’ उनले भने ।

‘जहाँ शोषण, दमन र अत्याचार धेरै हुन्छ, त्यहाँ नै बिचार र दर्शनको जन्म र विकास पनि हुन्छ भन्ने कुरा इतिहासका तथ्यहरुले पुष्टि गरेको छ । हामी बिश्वक्रान्तीमा नेपालबाट एउटा विचार दिन चाहान्छौँ । हाम्रो एकीकृत क्रान्तिको विचार क्रमश विश्वव्यापी हुदै जानेछ ।’, पार्टीले गरेको निर्णय सार्वजनिक गर्दै उनले भने ।

प्रवक्ता प्रकाण्डले दासयुगिन विशेषताका रुपमा रहेका कतिपय सामाजिक सास्कृतिक मान्यताहरु ताड्दै बर्गिय, जातिए र क्षेत्रीय बिभेदहरु बिरुद्ध धावा भोल्न हामीले पुराना जातहरुको ठाउँमा साम्यवादी जात निर्माण गर्ने निर्णय गरेको बताए ।

जो मान्छे सबैभन्दा भ्रष्ट छन्, तिनै मान्छेहरु आफ्ना चुनावी घोषणपत्रमा सम्पत्तिको छनविन गर्ने कुरा गरिरहेको भन्दै उनीहरुको कुराले जनतालाई मुर्ख बनाएका ठोकुवा गरे । उनले नेकपाले विश्व पुजीवादका विरुद्ध लड्नका लागि भनेर ‘विश्वका श्रमिकहरु एकजुट हौ !’ भन्ने नारा तय गरेको पनि बताए ।

त्यस्तै, नेकपाले वैज्ञानिक समाजवादी संघियताको निर्णय गर्ने निर्णय लिएको उनको भनाई थियो । ‘हामीले जनमत संग्रहको कार्यनीति लिएका थियौ तर साम्राज्यवाद र दलालहरुका लागि यो निकै ठूलो भूत सावित भयो।’, उनले भने, ‘यसले पुजीवादीहरुले भन्ने गरेको लोकतन्त्र पाखण्ड मात्रै हो भन्ने कुरा पुष्टि भयो ।’

प्रकाण्डले नवौं महाधिवेशनले दुर्इ कार्यनीति अगाडि सारेको बताए । ‘पहिलो राष्ट्रियताको रणनीति र दोश्रो जनसंघर्षको कार्यनीति
हो ।’, उनले भने, ‘हामी राष्ट्रियताको रणनीति अन्तरगत एमसीसी, एसपीपी र आइपीएसका विरुद्धमा संघर्ष गछौँ । अर्को सरकारले घोषण गरेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शसक्त खारेज गछौँ । गाउँ–गाउँबाट दलालहरुलाई लखेट्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार