अमृतसर विस्फोटमा संलग्न पाँच पक्राउ

डेली न्युजराप्ती       २८ बैशाख २०८० १७:१७ मा प्रकाशित     89 No Comments

काठमाडौँ । पञ्जाबका प्रहरी महानिदेशक (डीजीपी) गौरव यादवले अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै भएको विस्फोटमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको बताएका छन् । यादवले ट्विटरमार्फत घटनामा संलग्न पाँच जनालाई गिरफ्तार गरेर मुद्दा चलाएको बताएका हुन् । उनले विस्फोटका बारेमा पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत जानकारी सार्वजनिक गरिने बताएका छन् ।
बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै विस्फोट भएको आवाज सुनिएको थियो । यो एक हप्तामा वरपर चकित पार्ने तेस्रो विस्फोट थियो।
पञ्जाब प्रहरी स्रोतका अनुसार विष्फोटको उद्देश्य शान्ति खलल पार्ने थियो। ‘पटाखामा प्रयोग हुने विस्फोटक पदार्थ विस्फोटमा प्रयोग गरिएको थियो,’ स्रोतले एएनआईलाई बताएको छ । यद्यपि घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
पत्रकारहरूसँग कुरा गर्दै प्रहरी आयुक्त नौनिहाल सिंहले यसअघि भने, ूबिहान १२.१५-१२.३० बजे ठूलो आवाज सुनिएको थियो। अर्को विस्फोट हुनसक्ने आशङ्का छ। यसको पुष्टि हुन बाँकी छ। ‘शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,’ उनले भने ।
श्री गुरु राम दास निवास सबैभन्दा पुरानो ‘सराई’ (लज) हो। प्रहरी र फरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार