मतपत्रबाट राष्ट्रघातको बिरोध, लेखियो–एमसीसी मूर्दावाद!

डेली न्युजराप्ती       १ जेष्ठ २०७९ ०८:२८ मा प्रकाशित     329 No Comments


काठमाडौँ — भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पनि पाइएको छ । मतगणनामा खटिएका एक जना दलीय प्रतिनिधिले दुई वटा मतपत्रमा फरक दृश्य देखिएको बताए ।

उनका अनुसार एउटा मतपत्रमा कसैलाई पनि मत नहाली ‘दलाललाई भोट हाल्दिनँ, एमसीसी मुर्दावाद’ लेखेको पाइएको छ। अर्को एक मतपत्रमा भने एमसीसीको विरोध गरिएको चिट भेटिएको उनले बताए । दुबै मतपत्र बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार