नेकपा महासचिव विप्लव र नेमकिपा अध्यक्ष बिजुक्छेबीच भेटवार्ता

डेली न्युजराप्ती       १८ फाल्गुन २०७८ १६:५८ मा प्रकाशित     343 No Comments


दाङ। नेकपाका महासचिव विप्लव नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेबीच भेटघाट भएको छ । एमसीसी संसदबाट पास भएपछि नेकपा महासचिव विप्लवले राजधानीमा विभिन्न दलका शीर्ष नेताहरुसित भेटघाट गर्नुभएको छ । भेटघाटमा नेकपा प्रवक्ता प्रकाण्ड, नेमकिपाका नेता प्रेम सुवालको समेत सहभागिता रहेको छ । भेटघाटमा एमसीसी विरुद्ध संघर्षमा सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी एवं कम्युनिस्टहरुले संयुक्त संघर्षमा गर्न आवश्यक रहेको बेला महासचिव विप्लवले राष्ट्रियताका पक्षधर विभिन्न दलका शीर्ष नेताहरुसित भेटघाटलाई तीव्रता दिनुभएको हो । आजै विहान विप्लव र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसित भेटघाट भएको थियो । महासचिव विप्लवले अन्य दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ। नेमकिपाले संसदमा एमसीसीको विरोध गर्दै आएको छ भने नेकपासहित ८ दलले सडकमा संयुक्त संघर्ष गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार