विचौलियाहरुको शोषण सरकारले रोक्न सक्दैन, नेकपाले रोक्छ : चितवनका किसान

डेली न्युजराप्ती       १० फाल्गुन २०७९ १४:१९ मा प्रकाशित     151 No Comments

बसन्त विक
चितवन । चितवनका व्यवसायीक किसानहरुले विचौतियाहरुले भारतवाट तरकारी ल्याउदा नेपाली किसानहरुले उत्पादन गरेको तरकारी सडकमा विरोध स्वरुप फाल्नु पर्ने अवस्था आएको गुनासो गरेका छन ।
किसानहरुले विचौलियाहरुको विगविगी नेपाल सरकारले रोक्न नसक्दा यस्तो अवस्था आएको वताएका हुन ।
केही समय अघि सडकमा तरकारी फालेर सरकारको चर्को विरोध समेत गरेका चितवन माडी खैरेनीका व्यवसायीक किसान डाक्टर भानु पोखरेलले विचौलियाहरुको शोषण सरकारले रोक्न नसक्ने अवस्था आएकाले त्यसमा नेपाल कम्युनिष्ट पार्टीले रोक्न सहयोग गर्न आग्रह गरे ।
उनले नेपालको विचौलियाको मुख्य मालिक भाटभटेनि भएको र उसले नेपाली किसानहरुले उत्पादन गरेको तरकारी सस्तोमा किनेर उपभोक्ताहरुमा चर्को मुल्यमा वेच्ने गरेको खुलासा गरे ।
डाक्टर पोखरेलले अर्को विचौलियाको काम भारतिय तरकारी नेपाल ल्याएर वेच्नेहरुले गरेको पनि वताए ।
उनले विषादी मिसावट तरकारी सस्तोमा भारतवाट ल्याउने र नेपालमा वेच्ने गरेकाले नेपाली अर्गानिक उत्पादित तरिकारीले वजार नपाउने र कुहिएर जाने अवस्था आएको दुखेसो पोखे ।
जनपत्रकार संगठन नेपालको तेस्रो वैठक पछि व्यवसायीक किसान तथा प्राङ्गारिक कृषि शिर्षकमा विद्यावारिधि गरेका डा. पोखरेलको तरकारी फर्मको पत्रकारहरुले अवलोकन गर्ने क्रममा यस्तो वताएका हुन ।
उनले भने “सवै भन्दा पहिला भारतीय क्यारेन्टाईन नगरिएको तरकारी नेपाल ल्याउने क्रम रोक्नुपर्छ ,भारतीय तरकारी ल्याउने कुनै पनि विचौलियाहरुलाई नेकपाले पक्राउ गरी श्रमशिविरमा हाल्नुपर्छ, र दिनभरी त्यस्ता व्यक्तिलाई ढुङ्गा वोकाउने काममा लगाउनु पर्छ ।”
डेकमार्कवाट करिव पाँच वर्ष पहिले प्राङ्गारिक कृषि विषयमा पिएचडि गरेका पोखरेलले माडी प्राङ्गारिक कृषि फर्मको नाममा आधुनिक तरिकाले करिव २० विगाह क्षेत्रफलमा तरकारी खेति देखि विभिन्न पालन व्यवसाय गरेका छन । यो व्यवसाय सुरु गरेको करिव २७ महिना पुगेको र ३० विगाह क्षेत्रफलमा व्यवसाय गर्ने लक्ष्य रहेको किसान पोखरेलले वताए ।
उनले करिव ४ करोड लगानी गरेको कृषि फर्ममा करिव स्थायी र अस्थायी गरी ३० जना व्यक्तिले रोजगार पनि पाएका छन । आफ्नो उत्पादनवाट सन्तुष्टि भएको उनले वताए ।
डाक्टर पोखरेलले संचालन गरेको कृषि फर्ममा वाख्रा,माछा,कुखुरा र गाई समेत पालन गरिएको छ । उनले प्राङ्गारिक कृषि विषयमा पिचएडि गरेकाले पनि प्राङ्गारिक मल प्रयोगको अत्याधुनिक तरिकाले तरकारी खेति गरिएको छ । व्यवसायीक किसान पोखरेलले रासानिक मल भन्दा प्राङ्गारिक मल प्रयोगले माटोलाई फादाजनक हुने भएकाले उत्पादनमा समेत कुनै कमि नहुने अनुभव सुनाए ।
व्यवसायीक किसान पोखरेले अहिले आधुनिक कृषि सम्वन्धि विभिन्न तालिम समेत दिदै आएका छन । जसका कारण चितवन लगायत आसपासका जिल्लामा तालिम लिने किसानहरु हर्षित हुदै व्यवसायीक तरकारी खेतिमा आकर्षित भएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार