विप्लव नेकपाको समर्थनमा गोरखा नगरपालिकाको मेयरमा कुमालको स्वतन्त्र उम्मेदवारी

डेली न्युजराप्ती       १२ बैशाख २०७९ ०६:५७ मा प्रकाशित     479 No Comments


बैशाख १२,दाङ। गोरखा नगरपालिकाको मेयर नेकपाको समर्थनमा योगेन्द्र कुमालले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन।
गोरखा नगरपालिका-१२ कुन्दुरटार निवासी कुमाल नेकपाका पुर्व गोर्खा जिल्ला इन्चार्ज एवम हाल पार्टीका बिशेष समिति सदस्य हुन।
नेकपाबाट उम्मेदवार भए पनि सो पार्टी निर्वाचन आयोगमा दर्ता नभएकाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको सो पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्टले बताए।
गोरखा नगरपालिकाको उपप्रमुख तथा अन्य पालिका र वडाहरुमा पनि सोमबार मनोनयन दर्ता गराउने तयारी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार