काठमाडौं। समाजसेवी पाण्डेले त्यागे नेकपा (बहुमत)
समाजसेवी तथा आग्रज पत्रकार सुदर्शनराज पाण्डेले आफू नेकपा बहुमतमा नरहेको जानकारी गरेका छन।सोमबार एक बिज्ञप्ति जारी गर्दै पाण्डेले यस्तो घोषणा गरेका हुन।
नेपाल कम्युनिस्ट पार्टीबाट अलग भइ धर्मेन्द्र वास्तोला कञ्चन नेतृत्वमा गठन गरिएको नेकपा वहुमतले आफुलाई सोधपुछ नै नगरी पार्टीको सल्लाहकार समितीमा राखेको जानकारी प्राप्त भएकोले आफू उक्त पार्टीमा नरहेको र विगत लामो समय देखि जनपक्षीय पत्रकारिता आन्दोलनमा योगदान गर्दै हाल जनपत्रकार संगठनको केन्द्रिय समितिमा रहेको कुरा समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.