नेपाल कम्युनिस्ट पार्टीद्वारा आमा मोती वलीको निधनप्रति दुख व्यक्त

डेली न्युजराप्ती       १ कार्तिक २०८२ १३:५९ मा प्रकाशित     64 No Comments

हेमन्तप्रकाश वली ।
असोज २९,तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङले आमा मोती वलीको निधनप्रति दुख व्यक्त गरेको छ ।
पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले शोक वक्तव्य जारी गर्दै दिवंगत आमा मोती वलीको निधनले पार्टीपंक्ति स्तब्ध एवम मर्माहत भएको बताएका छन्।

शोक वक्तव्यमा मृतक आमाप्रति हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै शोकसन्तप्त परिवारजन , आफन्तजन एवम इष्टमित्रहरुमा गहिरो समवेदना प्रकट गरिएको छ ।

मृतक आदरणीय आमा मोती वलीका जेष्ठ सुपुत्र खड्ग बहादुर सी पार्टीका जिल्ला सचिवालय सदस्य हुन् । माईला छोरा महावीर सी पार्टीका तुलसीपुर १९ नं. वडा समितिका सदस्य हुन् भने कान्छा छोरा नन्दलाल सी पार्टीका सक्रिय सदस्य हुन् ।

दिवंगत आमा मोती वलीको ९६ वर्षको उमेरमा असोज बेलुका २८ गते दुखद निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार