नेकपा कार्यकर्ताद्वारा कैलालीका सहायक वन अधिकृत लाई कालोमोसो

डेली न्युजराप्ती       १८ माघ २०७८ ०८:३९ मा प्रकाशित     325 No Comments

धनगढी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलालीका कार्यकर्ताले माघ १७ गते कैलालीको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेका छन् ।
उपभोक्ता समिती संगमिली अनियन्त्रित घुस लिने, भ्रष्टचार गर्ने र बन समिति संग मिलोमतो गरी असोभाविक तवरले
बन फडानी गर्ने गरेकाे साथै आफ्नो पद विपरीत अमर्यादित कार्यहरू गर्दै आएको जनगुनासो आएपछि बिप्लब कार्य कर्ताले पण्डित लाई कालोमोसो दालेका हुन् ।

कालोमोसो दल्नुका कारणहरु नेकपाले यसप्रकार रहेको जनाएको छ:
१) उपभोक्ता समिति संग घुस लिने गरेको ।
२)बन समिति संग मिलोमतो गरि अस्वभाविक बन फडानी गर्ने गरेको ।
३)सरकारि कर्मचारी भएर खुलेआम पार्टीको प्रचार प्रसार गर्दै पदिय मर्यादा बिपरित कार्य गरेको ।
४)बिगतमा काम गरेका ठाउँ हरुबाट भ्रष्टाचार गरेको अत्यधिक जनगुनासो आएकाले।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार