असोज ३,दाङ ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तुलसीपुरको बिजौरीमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
पार्टीको तुलसीपुर नगर समितिको आयोजनामा असोज ५ गते तुलसीपुर -१९ बिजौरी स्थित उधोग बाणिज्य संघको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
पार्टीका तुलसीपुर नगर समितिका सेक्रेटरी रुद्र सीद्वारा हस्ताक्षरित उपस्थिती सम्बन्धिको पत्रमा ‘ वर्तमान राष्ट्रिय संकटको समाधान , नेपाली बिशेषताको समाजवाद’ बिषयक अन्तरक्रिया कार्यक्रममा गरिमामय उपस्थितिका लागि सबैमा हार्दिक सादर अनुरोध गरिएको छ ।
नेकपाले पार्टीको जिल्ला समितिको निर्णय अनुसार जिल्लाका सबै पालिकामा राजनीतिक अन्तरक्रियाहरु गर्ने जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा सबै राजनीतिक दल , सामाजिक संघ/संस्था , बौद्धिक व्यक्तित्व , जनप्रतिनिधि लगाएत सबैलाई निमन्त्रणा गरिएको र सार्थक बहसमा सहभागीताका लागि पार्टीले अपिल समेत गरेको नेकपाका तुलसीपुर सेक्रेटरी रुद्र सीले बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.