संसदीय व्यवस्थामा महिलाहरु मानव होइन‘वस्तु’ भएका छन: धिरेन्द्रा सी

डेली न्युजराप्ती       २८ कार्तिक २०७९ २१:०८ मा प्रकाशित     222 No Comments

बुटवल: नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवम अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय उपाध्यक्ष धिरेन्द्रा सीले नेपालमा महिलाहरुलाई मानवको रुपमा नहेरी ‘माल-वस्तु’को रुपमा हेरेको बताउनु भएको छ ।
आज सोमबार बुटवलमा नेकपासहित ३ कम्युनिस्ट पार्टीद्वारा आयोजित मंसिर ४ को संसदीय चुनाव विरुद्धको भण्डाफोर सभालाइ सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनुभएको हो।

महिलाहरु समाजमा सुरक्षित बस्ने वातावरण नभएको भन्दै पाइलापाइलामा बलात्कृत हुनु पर्ने र मृत्युवरणसमेत गर्नुपर्ने नारकीय अवस्था भएको समेत उहाको टिप्पणी थियो ।

नेतृ धिरेन्द्राले भन्नुभयो– ‘ ‘अहिले समाजमा दाइजो प्रथा, बालविवाह, बहुविवाह जस्ता थुप्रै प्रकारका महिलाहरुको सम्मानमा ठेस पुग्ने खालका गतिविधिहरु भइरहेका छन् । महिलाहरु देह व्यापार गरेर दैनिकी चलाउनु पर्ने अवस्था छ ।’

उपाध्यक्ष धिरेन्द्रा सीले भन्नुभयो –‘यो सबै हुनुमा यो दलाल संसदीय व्यवस्था र यो व्यवस्थाका ठेकेदारहरुले गर्दा नै हो । जो निर्वाचनबाट लाइसेन्स प्राप्त गरी प्रतिनिधित्व गर्ने गरेकाछन् ।’ उहाँले फेरि थप्नुभयो –‘यसर्थ यो दलाल संसदीय व्यवस्थाद्वारा आयोजित कथित संघ र प्रदेश सभाको निर्वाचनमा भोट नहाल्न आम नेपाली दिदीबहिनीहरुलाई पनि हार्दिकताका साथ अपिल गर्दछु ।’

यो व्यवस्थाको निर्वाचन खारेज एवं बहिष्कार गरेर नयाँ वैज्ञानिक समाजवादको दिशामा लाग्न अनुरोध गर्दै उपाध्यक्ष धिरेन्द्राले वैज्ञानिक समाजवादमा मात्र नेपाली महिलाहरुको मुक्ति हुने भन्दै पुनः भन्नुहुन्छ, ‘हामीले ल्याउने वैज्ञानिक समाजवादी व्यवस्थामा महिलाहरुले शरीर बेचेर खानु पर्ने अवस्था आउने छैन ।’

क्षमता अनुसारको काम र काम अनुसारको दाम प्राप्त हुनेछ । हामीले ल्याउने व्यवस्थामा महिला र पुरुषमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनेछ, दाइजो प्रथा, बहुविवाह, बालविवाह अन्त्य गरेर सबै हिसाबले महिलाहरुलाई सम्मानजनक ढंगले बाँच्न पाउने अधिकारको प्रत्याभूति गराइनेछ ।’

उहाँले बलात्कारी एवं चेलीबेटी बेचविखन गर्नेहरुलाई सरकारले विभिन्न बहानामा संरक्षण गरेको आरोप लगाउँदै वैज्ञानिक समाजवादी व्यवस्थामा त्यस्ता नरपिचासु वलात्कारी र चेलीबेटी बेचविखन गर्ने दलालहरुलाई कडाभन्दा कडा कारवाही गरिने भन्दै महिलालाई सचेत हुन अनुरोध गर्नुभयो ।

एक फरक प्रसंगमा बोल्दै नेतृ धिरेन्द्राले ३० वर्षसम्म भोट हाल्दा नेपाली जनताले के पाए भन्दै आक्रोश व्यक्त गर्नुभयो । नेपालका मजदुर , किसान , महिला , लाखौं युवाले के पाए? हामिले पायौं त केवल राष्ट्रघात , जनघात , भ्रष्टाचार पायौं,नेतृ धिरेन्द्राले भन्नुभयो।’

सम्बोधनका क्रममा उहाले थप्नुभयो –‘गाउँगाउँमा सिंहदरबार होइन यो चुनावले भ्रष्टाचार निम्याएको छ । वर्सेनी २५८ भन्दा बढी महिला यो देशमा बलातकृत भएको राष्ट्रिय महिला आयोगको तथ्यांक छ । दाइजो प्रथाले महिलाहरु आत्महत्या गर्न विवश छन । बुर्को प्रथाले महिलाहरु खुला आकाशमा आफ्नो मुहार देखाउन सकेका छैनन् । नेपाली नारिहरु यो व्यवस्थाले गर्दा बिदेशमा शरीर बेचेर खान विवश छन । यो व्यवस्थामा महिलाहरु मानव होइन वस्तु भएका छ्न ।’

सभालाइ सम्बोधन गर्दै नेतृ धिरेन्द्रा सीले जनयुद्धका नायक प्रचण्ड-बाबुरामले गद्दारी गरेपछी महिलाहरु देहव्यापार गर्न बाध्य भएको टिप्पणी समेत गर्नुभएको हो ।
उहाले भन्नुभयो –‘दश वर्षको जनयुद्द्मा २५०० महिलाहरुले बलिदान दिए । थुप्रैका सिउदा पुछिए,कोखहरु रित्तिए । ४०% महिला जनमुक्ति सेनामा भर्ती भए तर जब प्रचण्ड-बाबुरामले क्रान्तिका विरुद्ध गद्दारी गरे महिलाहरु देहव्यापार गर्न बाध्य छन ।

उहाले वैज्ञानिक समाजवादमा महिलाले शरीर बेचेर खामे स्थिती नहुने ठोकुवा समेत गर्नुभएको थियो ।
वैज्ञानिक समाजवादी राज्यव्यवस्थामा क्षमता अनुसारको काम र काम अनुसारको दामको व्यवस्था हुने समेत स्पष्ट पार्नुभएको हो ।
उत्पादनका साधनमाथी स्वामित्व कायम गरिनेछ , सबैखाले बिभेदको अन्त्य गर्दै स्वतन्त्रताको जीवन हुनेछ । समाजवादमा महिलाहरु समाजमा छाती खुलेर हिड्नेछन ,उहाले थप स्पष्ट गर्नुभयो।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार