देश भयानक संकटको भुमरीमा परेको छ, क्रान्ती गर्ने नै हो: सम्झना

डेली न्युजराप्ती       १० असार २०७९ १६:३५ मा प्रकाशित     436 No Comments


असार १०,घोराही। नेपाल कम्युनिस्ट पार्टीका बिशेष कमिटी सदस्य सीता बिक(सम्झना)ले क्रान्ती गर्ने दृढ बिस्वास व्यक्त गरेकी छन।
नेकपा दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगर कमिटीको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ सम्झनाले उक्त कुरा बताएकी हुन।

नेपाल राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक लगाएतका क्षेत्रमा चरम संकट पैदा भएको बताउदै नेतृ सम्झनाले जनक्रान्तीको विकल्प नरहेको बताएकी हुन।
उनले भनिन– ‘देश इतिहासको सर्वाधिक संकटको भुमरीमा फसेको छ। देशलाइ संकटको भुमरीमाबाट मुक्त गर्न यहि दलाल संसदीय पुजीवादी व्यवस्थालाई टालटुल पारेर हुदैन बरु यो व्यवस्थालाई ध्वस्त गरि नेपालमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्नुपर्छ।’

नेतृ सम्झनाले दलाल पुजीवादी सत्ता मरणासन्न अवस्थामा पुगेको समेत बताइन।
एक फरक प्रसंगमा बोल्दै नेतृ सम्झनाले नेकपा बिभाजन गरि नेकपा(बहुमत) गठन गरेका धर्मेन्द्र-सुदर्शन समुहले आफ्नो पार्टी नेतृत्वका विरुद्ध अनेकौं षड्यन्त्र र भ्रमहरु सिर्जना गरेको बताएकी हुन।

नेतृ सम्झनाले आफ्नो पार्टीले एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना बाहेक अरु कुनै गतिविधि सोच्न नसक्ने समेत स्पष्ट पारेकी हुन।उनले भनिन– ‘हाम्रो जिवन क्रान्तीका लागि भएको हो। हामी क्रान्ती बाहेक दायाँबायाँ हुनेवाला छैनौं। हामी र हाम्रो पार्टी संसदवादी हुने कुरा कल्पना समेत गर्न सकिदैन। हाम्रो पार्टी र नेतृत्वलाई संसदवादीको आरोप लगाउनेहरु नै संसदवादी बाटोमा लागेका छन ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार