न्याय दिलाउदै नेपाल कम्युनिस्ट पार्टी दाङ

डेली न्युजराप्ती       ९ माघ २०७८ १९:०९ मा प्रकाशित     703 No Comments


हेमन्त प्रकाश वली, दाङ। राजा राम शाहले इतिहासमा “न्याय नपाए गोर्खा जानू” भनेझै पछिल्लो समय दाङमा पिडितहरुले न्याय नपाए नेपाल कम्युनिस्ट पार्टीमा जानू भन्न थालेका छन।
तुलसीपुरमा बस्ने एकजना पुरुष एक लाख पचास हजारमा ठगिए। बिदेश पठाइदिन्छु भनेर एकजना पुरुषले पिडितसंग रु.एक लाख पचास हजार लिएर भागेका रहेछन। पिडितले नेपाल कम्युनिस्ट पार्टीमा मुद्दा दाएर गरेनन बरु मुद्दा दिन्छु भन्ने अभिव्यक्ति दिन बितिक्कै पिडकले पिडितलाइ रु.एक लाख पचास हजार फिर्ता गरेको पिडितले न्यूजराप्तीलाई बताए।
यो एक प्रतिनिधिमुलक घटना मात्रै हो। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लामा पुरानो सत्ताबाट न्याय नपाएका,न्यायीक समितीदेखि प्रहरी कार्यालयसम्मले मिलाउन नसकेका सयौ मुद्दाहरुमा पीडितलाई न्याय दिलाएको पिडितले स्वयं बताउने गरेका छन।

तुलसीपुर निवासी अर्का एक जना ठगिको लहलहैमा लागेर सबै आफ्नो सम्पत्ती (जग्गा) ठगको नाममा पास गरिदिए। कानुन सम्बत पीडितले सबै सम्पत्ती ठगलाइ सुम्पिए। त्यसपछि पीडितले नेपाल कम्युनिस्ट पार्टीमा निबेदन दिए। पीडितको निवेदन बुझेपछि नेकपा दाङले मुद्दाको प्रक्रिया अघि बढायो र केहि समयपछी साच्चिकै पीडित ठगिएको प्रमाणित भएपछी पार्टीले पीडितको नाममा पुन:जग्गा पास गराइदियो।
आफ्नो गुमेको सबैचिज प्राप्त भएपछी ती पिडितले न्याय प्राप्तिको लामो सास फेरे। उनी भन्छन,” न्याय खोज्न थुप्रै ठाउँ भौतारिए, न्याय त विप्लव पार्टीले दिलाउने रहेछ”।
पार्टीको नाम समेत स्पष्ट भन्न नसक्ने ती व्यक्ती आफुले पुनर्जीवन पाएको महसुस गरेको बताए।

यसैक्रममा नेकपा दाङले मिटर व्याजी,जग्गा सम्बन्धीका बिबाद,आर्थिक लेनदेन,ठगी,जालसाझ,मेनपावरको नाममा ठगी गर्ने लगाएतका सयौ मुद्दाहरु पार्टीमा आउने गरेको सो पार्टीका एक जना जिल्ला स्तरका नेताले बताए।
मुद्दाको प्रकृति अनुसार छानबिन,छलफल गरि मुद्दा मिलाइ पीडितलाई न्याय दिने गरेको उनले बताए। पार्टीले गरेको निर्णयबाट दुबै पक्ष सन्तुष्ट हुने गरेको समेत उनको भनाइ थियो।
पुरानो सत्तामा न्याय महंगो भएको,निस्पक्ष स्वतन्त्र रुपले फैसला नहुने तथा विभिन्न आर्थिक प्रलोभनमा पारी सत्ता शक्तीको पहुँचमा न्याय सम्पादित हुने भएकाले पीडितहरु आफ्नो पार्टीमा न्यायको आशा सहित आउने गरेको स्वयं पिडितहरुले बताउने गरेको नेकपा दाङले बताएको छ।
पीडित पक्षले मुद्दाको निवेदन दिदैमा उ पीडित हुन्छ भन्ने हुदैन, बरु मुद्दाको वास्तविक यथार्थ गहिराईमा पुगेर आफुहरुले निर्णय गर्ने गरेको ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार