नेकपा लमहि नगरद्वारा जवस/मोर्चाको संयुक्त भेला सम्पन्न

डेली न्युजराप्ती       २७ मंसिर २०७८ १९:२८ मा प्रकाशित     532 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत लमही नगर कमिटीको आयोजनामा पार्टी निकट जवस/मोर्चाको संयुक्त पालिका स्तरीय भेला सम्पन्न भएको छ।
भेलाले बिमला जिएमको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) लमही नगर कमिटी चयन गरेको छ। जसको सचिवमा राज कुमारी चौधरीलाई चयन गरिएको छ। यस्तै जनक केसिको अध्यक्षतामा ११ सदस्यीय लमहि नगर स्तरीय अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कमिटी चयन गरिएको हो।जसको सचिवमा लक्ष्मी रोकालाइ चयन गरिएको नेकपाले जनाएको छ।
यस्तै संयुक्त भेलाले लोक बहादुर बिकको अध्यक्षतामा ११ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपाल लमही नगर कमिटी चयन गरेको छ। जसको सचिवमा सुस्मिता बिकलाई चयन गरिएको हो। यस्तै भेलाले प्रेम चौधरी अध्यक्ष र सचिवमा बुद्धिराम चौधरीलाइ चयन गर्दै ११ सदस्यीय थारु मुक्ती मोर्चा नेपाल लमही नगर कमिटी चयन गरेको हो। यस्तै भेलाले मधेसी मुक्ती मोर्चाको ९ सदस्यीय लमही नगर कमिटी चयन गरेको छ। जसको अध्यक्षमा शैलेस यादव र सचिवमा आनन्दलाई चयन गरिएको हो।

संयुक्त भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा बिशेष कमिटी सदस्य बिक्रमले पार्टीले जनताका विरुद्धमा भएका धोका र गद्दारीका विरुद्धमा संघर्ष गर्दा प्रतिक्रियावादीहरु अत्तालिएको बताउनुभयो। उहाले जनतालाइ दलाल सत्ताको शोषण,दमन र उत्पीडनबाट मुक्त गर्न र जनताको आफ्नै शासन व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न आफुहरु जुनसुकै मुल्य चुकाउन समेत तयार रहेको स्पष्ट पार्नुभयो। नेता बिक्रमले आफुलाइ प्रजातन्त्रवादी,लोकतन्त्रवादी र कम्युनिस्टहरुलाइ बन्दुके र अधिनायकवादि देख्ने संसदवादीहरुसंग अब आफुहरु जनमतसंग्रहको चुनावमा भिड्ने एजेन्डा लिएर जनतामा जाने उद्घोष गर्नुभयो। हामीलाई अधिनायकवादि देख्ने शासकहरु एकपटक नेपाली जनतालाइ लोकतन्त्रको उच्चतम प्रयोग गर्ने अधिकार जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनुपर्छ,नेता बिक्रमले भन्नुभयो।
एक फरक प्रसंगमा नेता बिक्रमले अनेक बाहाना गरेर राज्य आफुहरुसंग गरेको तिन बुदे सहमतीलाई उल्लंघन गरिरहेको समेत बताउनुभयो। सहमती गरेको लामो समय बितिसक्दा पनि हाम्रा बन्दी नेता-कार्यकर्ताहरुलाइ रिहा किन नगरेको? नेता बिक्रमले प्रश्न गर्नुभयो। तीन बुदे सहमती अक्षरंस लागू नगरे राज्यको बेइमानीका विरुद्ध जनताले प्रतिरोध गर्ने नेता बिक्रमको चेतावनी थियो।

कार्यक्रमका अतिथी नेकपा दाङका कार्यालय सदस्य किरण,नेकपा लमही नगर इन्चार्ज जनक,मगर मुक्ती मोर्चा नेपालका केन्द्रिय कोषाध्यक्ष भिमप्रकाश,नेकपा राजपुर गाउपालिका इन्चार्ज उज्वल,नेकपा गढवा गाउपालिका इन्चार्ज महान,श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य सुरज,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष संजय,थारु मुक्ती मोर्चा दाङका अध्यक्ष चुलुवा,अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष अमर,मधेसी मुक्ती मोर्चा नेपाल दाङका संयोजक सुर्य यादव,नेकपा दाङका सल्लाहकार समिती सदस्य मधुसुदन लगाएतले कार्यक्रममा सुभकामना मन्तव्य राख्नुभएको हो।
जनक केसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता साउनी चौधरीले गर्नुभएको थियो भने सहजीकरण रबिनले गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार