लेखक तथा साहित्यकार विरहीले सर्वोदय पुस्तकालयलाई पठाए ५१ थान पुस्तक!

डेली न्युजराप्ती       १५ बैशाख २०८१ ०७:३३ मा प्रकाशित     40 No Comments

घोराही । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य, लेखक तथा साहित्यकार अनिल शर्मा विरहीले सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङलाई पुस्तक पठाउनु भएको छ ।

उहाँले पार्टीका केन्द्रीय सदस्य सीता सी सम्झनामार्फत सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमलाई विभिन्न ५१ थान पुस्तक पठाउनु भएको हो ।

लेखक तथा साहित्यकार विरहीले पठाएको पुस्तक पूर्व विधेयक तथा साहित्यकार सीता सी सम्झनाले सर्वोदय पुस्तकालयको भवनमै पुगेर पुस्तकालयका अध्यक्ष सुशील गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।

पुस्तकालय समाज र राष्ट्रको बौद्धिक सम्पत्ति भएकोले यसको संरक्षण र विकासमा सबैको सहयोग जरुरी रहेको पुस्तकालयका आजीवन सदस्य समेत रहेकी सीता सी सम्झनाले बताउनुभयो ।

पुस्तकालयका अध्यक्ष सुशील गौतमले पुस्तक ग्रहण गर्दै पुस्तक उपलब्ध गराउनु भएकोमा पुस्तकालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार