नेकपा आत्मनिर्भर बन्दै , दाङमा नेताकार्यकर्ताद्वारा श्रम गरेर पार्टी संचालनका लागि १२ हजार संकलन

डेली न्युजराप्ती       ९ जेष्ठ २०८० १२:५२ मा प्रकाशित     333 No Comments

जेष्ठ ९ , दाङ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी आत्मनिर्भर बन्ने नीति लिएको छ ।
पार्टीका नेताकार्यकर्ता आर्थिक सहयोगमा मात्रै भर पर्ने परिपाटीको अन्त्यका लागि नेकपाले पार्टीको ऐतिहासिक नवौं महाधिवेशनबाट प्रत्येक नेताकार्यकर्ताहरु अनिवार्य श्रममा सहभागी बन्नुपर्ने नीति सहित अगाडि बढेको छ ।

सोही नीति अनुरुप नेकपाले प्रत्येक महिनाको एक दिन प्रत्यक्ष श्रममा सहभागी बनेर श्रम डे मनाउने समेत नीति अख्तियार गरेको छ । श्रम डेको नितिलाइ नेकपाका देशैभरिका नेताकार्यकर्ताहरुले पालना गरिरहेका छन् ।
आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेताकार्यकर्ताको नितिलाइ सफल बनाउन देशव्यापी नेकपाले प्रत्येक जिल्ला कम्तिमा एक उत्पादनको अबधारणा सहित सबैजसो जिल्लामा उत्पादनलाई समेत तिब्रता दिएको बुझिएको छ ।

यता नेकपाको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढिमा नेकपाले जनकम्युन चलाएको छ । जनकम्युन मार्फत पार्टीको हेडक्वाटर आत्मनिर्भर बनेको सो पार्टीको ठोकुवा छ । पछिल्लो समय पार्टीका महासचिव विप्लव स्वयं श्रममा सहभागी बनेका तस्वीरहरु बेलाबेलामा सामाजिक संजाल फेसबुकमा भाइरल हुने गरेका छन् ।

यस्तै नेकपा चितवनले चितवनको माडिमा पनि बृहत कृषि तथा पशुपालन एवम माछापालन मार्फत पार्टी आत्मनिर्भर बन्ने प्रक्रियाको थालनी गरेको बुझिएको छ ।

नेकपाले देशव्यापी भुगोल , हावापानी र माटो अनुकुलको भिन्नभिन्न कृषि उत्पादनलाई प्राथमिकता दिएको छ ।
तराईको सर्लाही जिल्लामा नेकपाले करिव २/३ बिघा जमिनमा सुर्यमुखी फुल खेती गरिरहेको जनाएको छ ।

यता दाङमा भने हिजो सोमबार नेकपाका नेताकार्यकर्ताहरुले सामुहिक रुपमा श्रम गरेर ज्याला मार्फत प्राप्त रकम पार्टी संकलनका लागि खर्चिने भएका छन् ।
नेकपा पुर्वी दाङका करिव २४ जना नेताकार्यकर्ताहरुले नारायणपुर स्थित राप्ती बबई एग्रो प्रालीका एक दिन श्रम गरेर कमाएको १२ हजार रुपैया पार्टी संचालनका लागि खर्च गरिने पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीले फेसबुक मार्फत जानकारी दिएका छन् ।
नेता सविनले फेसबुकमा लेखेका छन् – ‘ नेपाल कम्युनिस्ट पार्टीको श्रम गरेर पार्टी सन्चालनको लागि पारिश्रमिक ´नीति अन्तर्गत नेकपा पुर्वी दाङको आयोजनामा श्रम सीबिरमा सहभागी हुने अवसर मिलेको छ । सहभागी संख्या २४ जना , प्राप्त पारिश्रमिक रु १२ हजार , सहभागी सवैलाइ खानाको व्यवस्थापन सहित ,
एकदिने रोजगारी प्रदान गर्ने राप्ती बबई एग्रो प्रालीका संचालक तथा किसान नेता महेन्द्र खड्का लाई बिशेश धन्यवाद । श्रममा सहभागी सबैलाई श्रमशील धन्यवाद ।
यहाँले १० विघामा सन्चालन गर्नुभएको थोपा सिचाइ प्रविधिको प्रयोग वाट संचालित कृषि ब्यवसायले थप प्रगति गरोस शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार