शहिदलाइ मसान-भुतप्रेत भन्ने कांग्रेसबाट निर्वाचित अध्यक्षलाई विप्लव नेकपाले पदच्युत गर्ने

डेली न्युजराप्ती       १५ जेष्ठ २०७९ ११:२८ मा प्रकाशित     375 No Comments

क्षमायाचना नलिए संघर्षमा जुट्ने र सत्ताबाटै पदच्युत गरिदिने नेकपाको चेतावनी

जेष्ठ १५, रोल्पा । गंगादेव गाउँपालिकाका नवनिर्बाचित अध्यक्ष हरी बहादुर पुन बिबादमा तानिएका छन । भर्खरै सम्पन्न स्थानीय चुनावद्वारा निर्बाचित भएका पुनले अध्यक्षको पदभार भए लगतै बिबादमा परेका हुन ।

उनले रेडियो अन्तर्वार्ताकाको क्रममा जनयुद्दका शहिदहरुलाई मसान तथा भुतप्रेत भनेपछि, उनको अभिव्यक्ति प्रति आलोचना भैरहेको छ । विशेषगरी माओबादी वृतका शुभचिन्तकहरुद्वारा तिब्र बिरोध भैरहेको छ ।

अध्यक्ष पुनको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै विप्लव नेतृत्वको नेकपा गंगादेव गाउँकमिटीले एक प्रेस बिज्ञप्ति नै जारि गरेको छ । बिज्ञप्तिमा भनिएको छ, ‘शहिदहरुको बलिदानीपूर्ण संघर्षले नयाँ संबिधान र संघीय गणतान्त्रिक ब्यबस्था स्थापना भएको सत्य हो । त्यहि व्यबस्थाको अध्यक्ष पदमा सिंहासन भएर, जनयुद्दका तिनै शहिदहरुलाई अपमानित हुनेगरी गंगादेव गाउँपालिकाका नव निर्बाचित अध्यक्ष हरी बहादुर पुनले रेडियो मालाश्रीमा जनयुद्दका शहिदहरुलाई ‘मसान तथा भूतप्रेत’ भनेर दिएको अभिव्यक्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

सार्बजनिक पद धारण गरेको गाउँपालिकाको अध्यक्ष जस्तो एक जिम्मेवार व्यक्तिले शहिदको इतिहासलाई संरक्षण गर्नुको सट्टा उनीहरुप्रति दिएको अपमानित अभिव्यक्तिले शहिद परिवार र जनयुद्दमा समर्पित जनता, कार्यकर्ता तथा नेताहरुलाई चोट पुर्याएको बताउदै, उक्त अभिव्यक्तिलाई फिर्तालिन अनुरोध समेत गरेको छ । क्षमायाचना नलिए संघर्षमा जुट्ने र सत्ताबाटै पदच्युत गरिदिने नेकपाले चेतावनी दिएको छ ।
बिज्ञप्तिको पुर्णपाठ:

के भनेका थिए अध्यक्ष पुनले ?
नवनिर्बाचित हरि बहादुर पुनले दुई दिन अघि रोल्पा लिवाङबाट प्रसारित रेडियो मालाश्री सम्बादमा अन्तर्वार्ता दिएका थिए । अन्तर्वार्ताको क्रममा गाउँपालिकाको नाम र स्थान फेर्ने जिज्ञासाबारे प्रतिउत्तर दिंदै पुनले भनेका थिए ।

‘२०७४ सालमा बिजयी उम्मेदवारले आफ्नो पति र सालाको नाममा नामाकरण गर्नु भयो, यो अधिकांस ठाउँमा बैशाख ३० गते यो गंगादेव गाउँपालिका मसान हो, यो मसान तोप्नुपर्छ, जनताहरुले ३० गते मतपेटीकामा राम्रो संग तोप्नुहोला भनेको थिए, सहिद त १७औँ हजार छन, सहिद होलान हामी त मसान नै भन्छौ, भुतप्रेत त्यसकारणले पनि उहाँनामै पनि मसान नै हो ।’ 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार