दाङ, १२ असोज । दाङमा अवैध सालको चिरान काठ बरामद गरीएको छ । राप्ती गाउँपालिका–९ का वडाध्यक्ष रिम बहादुर सुनारी मगरको घर नजिकै बाट ७० थान चिरान घप्पु र दुर्योधन घर्तीको घर नजिकै चट्टा लाएर राखेको अवस्थामा २७ थान घप्पु बरामद गरिएको देउखुरी डिभिजन वन कार्यालय लमहीले जानकारी दिएको छ ।
उक्त क्षेत्रमा अवैध रुपमा सालको काठ राखीएको छ भन्ने गोप्य सुचनाका आधारमा गएको वन अधिकारीको संयुक्त टोलीले उक्त काठ बरामद गरीएको डिभिजन वन कार्यालय लमहीका सुचना अधिकारी छोटेलाल चौधरीले बताउनुभयो ।उहाँका अनुसार बरामद गरीएको सबै काठ डिभिजन वन कार्यालय गढवामा राखीएको छ । बरामद भएको काठको बारेमा थप अनुशन्धान भैरहेको देउखुरी डिभिजन वन कार्यालय लमहीले जनाएको छ । त्यस्तै गढवा गाउँपालिकाको गोबरडिहाबाट केही थान घप्पु सहित एक जनालाई पक्राउ परेका छन ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.