माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

डेली न्युजराप्ती       १५ श्रावण २०७८ १२:२१ मा प्रकाशित     662 No Comments


हेमन्त वली श्रावण-१५,दाङ।
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का तीन जना कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छ्न।

तुलसीपुर उपमहानगरपालिका-१५ निवासी खुसलाल चौधरी,सोभाराम हरीजन र सीता हरीजनले संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै पार्टी प्रवेश गरेको जनाएका छन।

बिज्ञप्तिमा भनिएको छ,”नेकपा (माओवादी केन्द्र)मा आवद्ध भइ पार्टी प्रती इमानदारी र बफादारीका साथ काम गर्दै आएको हाल माओवादी केन्द्रको नेतृत्व पंक्ति दलाल पुजिवाद र संसदीय भासमा पतन भएकाले उक्त पार्टीबाट देश र जनताको भबिस्य अन्धकार तिर गइरहेको,जनताका इच्छा आकांक्षा पूरा नहुने भएकाले माओवादी केन्द्र परित्याग गरि देश र जनताको लागि संघर्षरत पार्टी नेत्र विक्रम चन्द(विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा तन,मन,बचनले प्रबेश गरेको जानकारी गराउछौ”।
बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार