गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्युु

डेली न्युजराप्ती       १० असार २०८० १४:१८ मा प्रकाशित     183 No Comments

गुल्मी,१० असार । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्बर ८ फल्लेनीका ३९ वर्षीया विष्णु विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिवार राति आफ्नै घरको आँगनमा चट्याङ लागेर घाइते भएकी विकको प्राथमिक स्वास्थ्य केन्द्र ईस्मा रजस्थल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार