दाङमा विप्लवको पार्टीले लगाएको धान अवलोकन गर्न उपमेयर र कृषि शाखा प्रमुख खेतबारीमा

डेली न्युजराप्ती       ५ भाद्र २०८२ २२:२४ मा प्रकाशित     455 No Comments

घोराही । घोराही उपमहानगरपालिकाकी उपमेयर  हुमा कुमारी डिसी र कृषि शाखा प्रमुख खिमबहादुर बस्नेतले नेपाल कम्युनिस्ट पार्टी दाङले उत्पादन गरेको धान खेतमा पुगेर अवलोकन  गर्नुभएको छ । उहाँहरुले बुधबार दिउँसो  पार्टीले सञ्चालन गरेको घोराही -१६ मा रहेको करौटीडाँडा र घोराही -९ अस्वाराको उत्पादन केन्द्रमा पुगी धान खेतीको अवलोकन गर्नुभएको हो ।

पार्टीले उत्पादन धान खेतको अवलोकन गर्दै घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा कुमारी डिसीले पार्टीले गरेको उत्पादन एकदमै सराहनीय कार्य भएको बताउनुभयो । उहाँले कृषिलाई स्थानीय सरकारले पनि प्रोत्साहन गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय कृषि उत्पादनमा विषादीको प्रयोग मात्रा बढ्दै गएको भन्दै घोराही उपमहानगरलाई कृषि क्षेत्रमा रासायनिक मल र विषादीमुक्त बनाउदै अर्गानिक नगर बनाउने समेत उहाँको भनाइ थियो ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरका इञ्चार्ज पाटन सीले कृषिलाई स्थानीयदेखि केन्द्र सरकारले समेत प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल कृषि प्रदान देश भएतापनि किसानले चाहेको समयमा मल नपाउने समस्या रहेको भन्दै तीनै तहका सरकार किसानको समस्याप्रति गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । राज्यले जहिले पनि किसानका समस्या हल गर्छौं भन्ने गर्ने तर व्यबहारिक रुपमा लागू नगर्दा आम किसानले सधै खेतीपातीकै समया सास्ती भोग्नुपरेको उहाँको भनाइ थियो ।

इञ्चार्ज पाटन सीले पार्टीको घोराही उपमहानगरले अहिले घोराही उपमहानगरपालिका -९ अस्वारामा साढे ४ विघा खेतमा धान रोपाइँ गरेको बताउनुभयो । पार्टीले दाङ जिल्लाभर विभिन्न ठाँउमा जग्गा लिजमा लिएर धान रोपाइँ गरेको उहाँले बताउनुभयो ।

नेकपाद्वारा सञ्चालित उत्पादन केन्द्रहरुको अवलोकन  गर्न पुग्नुभएका घोराही उपमहानगरपालिकाकी उपमेयर  हुमा कुमारी डिसी र कृषि शाखा प्रमुख खिमबहादु बस्नेतलाई पार्टी घोराही उपमहानगरका इञ्चार्ज पाटन सी र उपमहानगर सेक्रेटरी महान सीले स्वागत गर्नुभएको थियो । उत्पादन केन्द्रको धान खेतमा अवलोकन सहभागी सबैलाई पार्टी घोराही नगरले धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार