काठमाडौँ – धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ मंगलपुरमा बस्ने बर्ष ४५ को भोगेन्द्र ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार करिब ११:०० बजे फर्निचर घर पछाडि भोगेन्द्रलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले एकजना पुरुष र एकजना महिलालाई पक्राउ गरेको हो ।
साहु शिवजी यादव भने फरार रहेको स्थानीयले जनाएका छन् । भैरब महतो सुड़ीसँग ऋृण लिदा भैरबले ३ कठ्ठा जग्गा पास गरी ऋण लिएका थिए । भैरबलाई ऋृण चुक्ता गर्न रू. ३ लाखकमी भएका कारण शिवजी यादवले भैरबको नाममा रहेको जग्गा शिवजी यादवको नाममा पास गरी रु. ३ लाख ऋृण लिएर भैरबको ऋण चुक्ता गरे ।
ततपश्चात नयाँधनी मिटर ब्याजी शिवजी यादवलाई भोगेन्द्र ठाकुरले ९ लाख रुपैयाँ बुझाएर आफ्नो जग्गा फिर्ता माग गर्दा भोगेन्द्र ठाकुरको हत्या भएको भोगेन्द्रका छिमेकीहरुको भनाई छ ।
मृतकको बुहारी र छिमेकीको भनाईअनुसार निजको परिवार सख्त घाइते रही उपचारमा छन् । भोगेन्द्र ठाकुरको जेठी पत्नीको एउटा छोरा दुई छोरी छन् । जेठी श्रीमतीको निधनपश्चात कान्छी श्रीमती ल्याएका भोगेन्द्रका दुई वटी छोरी छन् ।
स्रोत:जनपत्रीका
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.