नेकपा दाङको सामुहिक उत्पादन: आठ बिघामा धान खेती,जनश्रम गर्दै नेता-कार्यकर्ता

डेली न्युजराप्ती       १ मंसिर २०७८ १५:४१ मा प्रकाशित     401 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेत्र बिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा उत्पादन बिभाग नै गठन गरेर सामुहिक उत्पादनमा जोड दिएको छ।

जिल्ला उत्पादन बिभाग प्रमुख किरण डांगिको नेतृत्वमा गठित बिभागले घोराही ९ स्थित ढिकपुर र तुलसीपुर १६ मानपुर डोक्रेना स्थित करिब आठ बिघा जग्गामा धानखेती गरेको जानकारी दिनुभयो। नेता किरणले आफुहरु धान काट्ने र धल्याउने कार्यमा व्यस्त भएको बताउनुभयो । धान काट्ने र धल्याउने कार्यमा नेकपा निकट जनबर्गिय संगठन मातहतका नेता-कार्यकर्ताहरुले जमश्रमदान गरिरहेको बिभागका प्रमुख किरणले बताउनुभयो।

अबको केही दिनभित्रै आफुहरुले धान काट्ने र धल्याउने काम सकेर मौसम अनुकुल अन्य खेती गर्ने समेत बताउनुभयो।
नेकपा दाङले श्रम गर्ने संस्कृतिको बिकास गर्ने र सिंगो समाजलाइ नै सामुहिक उत्पादनमा जोडेर कृषि उत्पादनमा देशलाइ आत्मनिर्भर बनाउने उदेश्य र वैज्ञानिक समाजवादमा उत्पादन मोडेलको उदाहरण समेत दिनको लागि आफुहरुले सामुहिक उत्पादनलाई जोड दिएको बताएको छ।

दस बर्षसम्म चलेको भीषण जनयुद्धमा जनकम्युन संचालन गरि सामुहिक उत्पादन मार्फत जनताको मन जित्न सफल तत्कालीन नेकपा(माओवादी)को मुल नेतृत्वले क्रान्ती र जनतालाई धोका दिएको र जनयुद्धका सवै उपलब्धि जनकम्युन,जनअदालत,जनसेना,आधार इलाका लाई समुल नस्ट गरेर पुरानै संसदीय व्यवस्थामा पतन भएको भन्दै विप्लवले प्रचण्ड बाबुराम संग सम्बन्ध बिछेद गरेर किरणको नेतृत्वमा नेकपा(माओवादी) पुनर्गठन गरेका थिए। त्यसपछी किरणले नेपाली क्रान्तिलाइ अगाडि बढाउन नसकेको,अकर्मण्यतामा फसेको,क्रान्तिकारी कार्यदिशा निर्माण गर्न नसकेपछी विप्लवले आफ्नै नेतृत्वमा नया पार्टी गठन गरि एकीकृत जनक्रान्ती मार्फत नेपालमा संसदीय व्यवस्थाको विकल्पमा जनताको आफ्नै व्यवस्था वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढेका छन।

विप्लवले नेतृत्व गरेको नेकपाले पछिल्लो समय पार्टी केन्द्रीय समितीको नीति अनुरुप नै देशका सबै जिल्लामा त्यहाको हावापानी,माटो अनुकुलको उत्पादनमा जोड दिएको छ। नेकपाले पशुपालन,माछापालन,अदुवा खेती,धान खेती लगाएतका खेती गरिरहेको जनाएको छ।
नेकपाले कृषि उत्पादन मार्फत आत्मनिर्भर र व्यापार व्यवसाय,उधोगधन्दा,कलकारखाना मार्फत समृद्धिको नीति अनुरुप काम गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार