जेठ २७ , दाङ । नेपाल कम्युनिस्ट पार्टी क्षेत्र नं.१ को राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न भएको छ ।
शनिवार गढवाको उधोग वाणिज्य संघको सभाहलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
पार्टीका कार्यकर्तासम्मको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.१ इन्चार्ज विक्रम सी , केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्दै नेता सविनले पार्टी नवौं केन्द्रीय समितीको पाँचौ पुर्ण बैठकले लिएका ऐतिहासिक एवम महत्वपूर्ण निर्णयहरुको जानकारी गराउनुभएको थियो ।
नेता सविनले पार्टीबाट जनताले ठुलो अपेक्षा गरेकाले आफुहरु पनि नयाँ ठाँउ उभिनुपरेको बताउनुभएको थियो।
प्रशिक्षण कार्यक्रममा १ सय ५० जनाभन्दा बढी पार्टी सदस्यहरुको उपस्थिति रहेको पार्टीले जनाएको छ ।
पार्टीका गढवा गाउँपालिका कमिटीका इन्चार्ज गणेश सीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गर्नुभएको थियो ।
दाङका ३ वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय स्तरका राजनीतिक/वैचारिक प्रशिक्षणहरु सञ्चालन गर्ने नेकपाले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.