सहिद कुमार पौडेलकि पत्नीद्वारा बागमती नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता

डेली न्युजराप्ती       ११ बैशाख २०७९ १९:२१ मा प्रकाशित     349 No Comments


बैशाख ११। एकीकृत जनक्रान्तिका महान सहिद कुमार पौडेलकि पत्नी धनकुमारी खडका पौडेल(कला)ले बागमती नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ.।
मनोनयन दर्ता गर्न आज ११ बजे निर्वाचन अधिकृत कार्यालय बागमतीमा जनसहभागिता सहित पुगेकि धनकुमारी खड्का(पौडेल)ले बागमती नगरको मेयर पदमा स्वतन्त्र उम्मेद्वरी दर्ता गर्नुभएको हो । भ्रस्टाचार, तस्करी ,प्राकृतिक स्रोत साधन दोहनको विरुद्ध गरिब,किसान, मजदुर र सुकुम्बासीको अधिकार र विकास, समृद्दी,सुशासनको निम्ति महान सहिद कुमार पौडेलकि पत्नी धन कुमारी खड्का पौडेलद्वारा मेयर पदमा उम्मेदवारी दर्ता गरिएको बताइएको छ।

बागमती नगरपालिकाका जनताको स्वतन्त्र अधिकारको निम्ति आफ्नो श्रीमान कुमार पौडेलले रगत बगाएको भन्दै उहाले भ्रष्टाचार,प्राकृतिक स्रोतमाथी लूट मच्चाउनेकाविरुद्ध अवाज उठाएकै कारण गरिब,सुकुम्बासी जनतामारा दलालहरुकै कारण उहाँको हत्या गरिएको समेत उहाले बताउनुभएको हो।
अफ्नो श्रीमान सहिद कुमार पौडेलले जनतालाई गरेको बाचा,उदेश्यर उहाले लिनुभएको लक्ष्य अपुरो रहेको र त्यो सपना पूरा गर्ने प्रतिबद्धतासहित आफुले स्वतन्त्र मेयर पदमा उम्मेदवारी दिएको खड्काले बताउनुभएको हो।

धनकुमारी खड्का(पौडेल)का श्रीमान कुमार पौडेललाइ २०७६ असार ५ गते लखन्दी खोलामा तत्कालीन केपि वली सरकारको नेतृत्वमा रहेको गृह प्रशासनले निर्ममतापुर्वक हत्या गरेको थियो।
हत्या गरिएका सहिद कुमार पौडेल नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज समेत हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार