व्याख्यात्मक टिप्पणी पास हुनु भनेकै एमसीसी अस्वीकार हुनु हो : भरत सी

डेली न्युजराप्ती       १२ भाद्र २०८० २२:३१ मा प्रकाशित     234 No Comments

शोभराज बराल
नुवाकोट: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेपाली जनताले एमसीसी अस्वीकार गरेको दाबी गरेका छन् ।
मंगलबार नुवाकोटको विदुर नगरपालिकामा आयोजित एमसीसी विरुद्धको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली जनताले अमेरिकी सहयोग परियोजना एमसीसी अस्वीकार गरेको दाबी गरेका हुन् ।

नेपालको संसदले १२ बुँदे व्याख्यात्मक टिप्पणी पास गरेर अस्वीकार गरेको भन्दै उनले भने, ‘यो एमसीसी भन्ने सम्झौता नेपाली जनताले जनस्तरबाटै खारेज गरिसकेका थिए । संसदले पनि १२ बुँदे व्याख्यात्मक घोषणा पास गरेर अस्वीकार गरेको छ । यसलाई पास गरेको भन्नु हुँदैन, अस्वीकार गरेको हो ।’

उनले व्याख्यात्मक घोषणा संसदबाट पास गर्नु भनेकै एमसीसी अस्वीकार भएको अर्थ लाग्ने भन्दै यसलाई कार्यान्वयन गर्न नदिने बताए । ‘एमसीसीका बारेमा नेपालमा धेरै ठूला ठूला बहस भएका छन् । ति बहसहरुले एमसीसी नेपालको हितमा छैन भनेर पुष्टि भइसकेको कुरा हो ।’, अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘यति हुँदा पनि नेपालको संसदले पास गर्यो । तर जनताले अनुमोदन गरेका छैनन् । यो कुनै पनि हालतमा कार्यान्वयन हुन दिनु हुन्न’

एमसीसी दलाल चरित्रका कारण संसदबाट पास भएको भन्दै नेपाल देशले यसलाई स्वीकार नगरेको उनको भनाई थियो । ‘एमसीसीलाई नेपाली जनताले अनमोदन गरेका छैनन् । यो दलाल चरित्र भएका नेताहरूका कारण पास भएको हो । यसलाई हामीले कार्यान्वयन हुन दिनु हुँदैन ।’, उनले भने, ‘यदी यो कार्यान्वयनमा गयो भने नेपाल युक्रेन बन्ने खतरा छ । त्यही भएर यसलाई जसरी पनि रोक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार