छोराछोरी बोर्डिङमा पढाउदै सरकारी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका ४ को पद धरापमा

डेली न्युजराप्ती       ७ पुष २०८० ०७:३९ मा प्रकाशित     638 No Comments

दाङ । तुलसीपुर उपमहानगरपालिका भित्रका चार विद्यालय व्यवस्थापन समितिका अध्यक्षको पद धरापमा परेको छ । शिक्षा ऐन विपरीत व्यवस्थापन समितिको अध्यक्ष बनेको भन्दै महेन्द्र मावि तुलसीपुरका अरून लहरे,जनता मावि बिजौरीका हिमबहादुर डाँगी,मावि अश्वारका किरणबहादुर शाह र बालमितेरी मावि भोजपुरका अध्यक्ष शंकर खड्का विरूद्व अख्तियारमा उजुरी परेपछि छानबीन थालिएको छ । अख्तियारले आवश्यक छानबीनगरी उनीहरूलाई बर्खास्त गर्न तुलसीपुर उपमहानगरलाई निर्देशन समेत दिइसकेको छ । अख्तियारको निर्देशनपछि तुलसीपुर उपमहानगरको शुक्रबार बसेको बैठकले आवश्यक कदम चाल्न समितिका सदस्य मानबहादुर रावतको संयोजकत्वमा ढकबहादुर वली र शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारी सदस्य रहेको कार्यदल गठन गरेको छ । कार्यदलले आइतवार देखि काम चाल्ने र शिक्षा ऐेनलाई कठोरता पुर्वक कार्यान्यवन् गरिने संयोजक रावतले जानकारी दिएका छन् ।

उजुरीमा चारै जना अध्यक्ष गैर अभिभावक भएकाले छानबीन गर्न माग गरिएको थियो । शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न सोहि विद्यालयको अभिभावक हुनुपर्ने,उनीहरूका छोराछोरी नियमित विद्यालयमा जानुपर्ने र परीक्षामा समेत सहभागी हुनुपर्ने बाध्यकारी व्यवस्था छ । तर,उजुरी परेका चारवटै विद्यालयका अध्यक्ष गैर अभिभावक हुन् । उनीहरू चारै जना काँग्रेस नेता हुन् । जनता माविका अध्यक्ष डाँगी दाङ क्षेत्र नम्वर ३ का सचिव,महेन्द्र माविका अध्यक्ष लहरे महाधिवेशन प्रतिनिधि,मावि अश्वारका अध्यक्ष शाह क्षेत्रीय प्रतिनिधि र बालमितेरी माविका अध्यक्ष खड्का १४ नम्वर वडा सभापतिका साथै निर्वाचित वडा अध्यक्ष समेत हुन् ।

लुम्बिनीहालचाल

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार