साधना पाठशालाद्वारा असल अभिभावकत्व कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       १७ असार २०८१ ०८:३१ मा प्रकाशित     182 No Comments

तुलसीपुर । तुलसीपुरमा रहेको साधना पाठशाला तुलसीपुर -९ दाङले शनिबार एक विशेष कार्यक्रम गरी असल अभिभावकत्व (Art of Good Parenting) कार्यक्रम सम्पन्न गरेको छ। तुलसीपुर दोघरेमा रहेको मट्का रेष्ट्रो एण्ड पार्टी प्यालेसमा करिब ४०० जना अभिभावकको उपस्थितीमा असल अभिभावकत्व कार्यक्रम भएको हो।

उक्त कार्यक्रममा प्रमुख वक्ता क्षेत्र प्रसाद ज्ञावालीले कसरी असल अभिभावक बन्न सकिन्छ, यसका कलाहरू के-के छन्, हामी अभिभावकको भुमिका कस्तो रहन्छ जस्ता विषयमा अविभावकहरुलाई बडो कलात्मक तरिकाले प्रष्ट पार्नु भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल वाशुदेव रिजालले राम्रो विद्यार्थी हुनाका लागि अभिभावक तथा विद्यालयको भुमिका महत्वपुर्ण हुने विचार व्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल हरि प्रसाद भण्डारीले कार्यक्रमको उदेश्य, औचित्यबारे प्रकाश पार्नु भएको थियो। साथै विद्यालयका संचालक कुसुमा रिजालको अध्यक्षतामा भएको कार्यक्रमलाई विद्यालयका एकेडमिक कोर्डिनेटर गणेश पौडेलले गर्नुभएको थियो। साथै विद्यालयले असार १४ गते शिक्षक शिक्षिकालाई र शनिवार विद्यार्थीहरुको लागि पनि प्रशिक्षणात्मक कार्यक्रम राखेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार