१५ दिन पनि धैर्यता नभएका बास्तोला र ओलीले नेकपालाई भाँडभैलो बनाउन खोजेपनि असफल भए : विप्लव

डेली न्युजराप्ती       २२ जेष्ठ २०७९ ०७:०० मा प्रकाशित     234 No Comments

नेकपाद्वारा उपत्यका स्तरीय राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीमा फरक मत नराखेर जुरुक्क हिँड्ने धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीहरुले संसारमा नगरेको जात्रा नयाँ गुट बनाएर अनौठो गरेको बताएका छन् ।

स्थानीय निर्वाचनमा पार्टीले १ महिनाका लागि गरेको उपयोगको कार्यनीतिबारे पार्टीभित्र बसेर छलफल गर्न सक्ने ठाउँ हुँदाहँदैं पनि त्यो बहस गर्ने ठाउँबाट भागेर गुट बनाउन गएको विप्लवको भनाई छ ।

काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीको उपत्यकास्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षणलाई संवोधन गर्दै महासचिव विप्लवले १५ दिन वा एक महिना पनि धैर्यता नभएका साथीहरुले लामो क्रान्तिको यात्रामा अगाडि बढ्नैं नसक्ने जिकिर गरे ।

स्थानीय निर्वाचनमा आफ्नो पार्टीले केन्द्रीय स्तरमा एमसीसी पक्षधर राष्टघाती र स्थानीय स्तरमा हुने खुलेआम भ्रष्टचारीहरुको भण्डाफोर गर्न सफल भएको बताए ।

सो वैचारिक राजनीतिक प्रशिक्षणलाई नेकपाका प्रवक्ता प्रकाण्ड र केन्द्रीय सचिवालय सदस्य विषमले समेत प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा नेकपाका उपत्यकास्तरीय जिल्ला सदस्य तथा जबस मोर्चाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

साभार:जनपाटिबाट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार