नेकपाको नवौं पार्टी पुनर्गठन दिवस:दाङमा भलिबल सहित विविध खेलकुद प्रतियोगिताको आयोजना

डेली न्युजराप्ती       ९ मंसिर २०७९ १९:५४ मा प्रकाशित     232 No Comments

मंसिर ९ , दाङ । नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउदै आएको छ।
नेकपाको जिल्ला समिती दाङले पनि मंसिर ८ गतेको अवसरमा आज जिल्लामा बिबिध खेलकुद प्रतियोगिताको आयोजना गरि भव्यताका साथ मनाएको छ ।

पार्टी पुनर्गठन दिवसको अवसरमा घोराहीमा युवा , बिद्यार्थी र जनपत्रकारबिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता:

नेकपा दाङ निकटका जवस/मोर्चाले पार्टी पुनर्गठन दिवसको अवसरमा आज घोराहीमा मैत्रीपुर्ण भलिबल प्रतियोगिताको आयोजना गरेका हुन ।
सो पार्टी निकट युवा संगठन नेपाल दाङ , अखिल (क्रान्तिकारी) दाङ र जनपत्रकार संगठन नेपाल दाङले मैत्रीपुर्ण भलिबल खेलेका थिए ।

घोराही -१३ बसपार्क स्थित अमृत भलिबल मैदानमा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगिताको उपाधी अखिल(क्रान्तिकारी ) दाङले हात पारेको थियो । यस्तै युवा संगठन नेपाल दाङ द्वितीय र जनपत्रकार संगठन नेपाल दाङले तृतीय स्थान हासिल गरेका थिए भने नेकपा घोराही उपमहानगर कमिटीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
नेकपाका घोराही उपमहानगर कमिटीका सेक्रेटरी महानले उद्घाटन गर्नुभएको प्रतियोगिताको उद्घाटन सत्रमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञान सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य द्वय हेमन्त प्रकाश वली र जंग बहादुर रेउले , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका संयोजक दिनेश सी , युवा संगठन नेपाल दाङका सचिव पदम सी लगाएतको उपस्थिति रहेको थियो ।

खेलको समापनपछि आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै पार्टीका घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सीले वर्तमान राज्यले खेलाडीहरुका लागि केहिपनी गर्न नसक्ने भन्दै खेलकुद मात्रै नभएर राजनीतिक , सामाजिक , आर्थिक , सांस्कृतिक लगाएतका सबैखाले समस्या समाधानका लागि यो राज्यव्यवस्था परिवर्तनको आवश्यकता रहेको स्पष्ट पार्नुभएको थियो ।

नेता महानले भन्नुभयो – ‘युवाहरु! तपाइँहरुलाइ थाहा छ नेपालको अवस्था कस्तो छ भनेर? अहिले बिश्वकप चलिरहेको छ कतारमा तर त्यहा निर्माण गरिएका रंगशाला बनाउन हाम्रा नेपाली हजारौ दाजुभाइले ज्यान गुमाएका थिए । आज आफैले बनाएको रंगशाला बसेर नेपालि युवाहरुले फुटवल हेर्न पाएका छैनन् । नेपालको राज्यले नेपालका युवा-युवतीलाई बिदेशमा सस्तो श्रममा बेचेर रेमिटान्सले देश चलाएको छ ।
युवालाई बिदेशमा बेच्ने राज्य बदल्न जरुरी छ । नेपालमा युवाहरुलाइ रोजगारीको ग्यारेन्टी गर्ने व्यवस्था भनेको वैज्ञानिक समाजवादी राज्यव्यवस्था भएकाले हामी निरन्तर लडाइँमा छौँ ।’
मैत्रीपुर्ण भलिबल प्रतियोगिताको समापन कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल दाङका सचिव पदम सीले गरेका थिए ।

यस्तै घोराहीमा नेकपा निकटका जवस/मोर्चाहरुको आयोजनामा बुद्धिचाल प्रतियोगिता समेत सम्पन्न भएको आयोजकले जनाएको छ ।
बुद्धिचाल खेलमा युवा संगठन नेपाल दाङ जिल्लाका सचिव पदम सी प्रथम, युवा संगठन नेपाल दाङ जिल्ला सदस्य शिशिर सी दोस्रो र नेकपा घोराही नगर सेक्रेटरी महान सीले तेस्रो स्थान हासिल गरेका थिए । बुद्धिचाल खेलमा ६ जनाको सहभागिता रहेको थियो ।

तुलसीपुरमा अनेमसंघ क्रान्तिकारीद्वारा घैटो फोड , कुर्सी दौड प्रतियोगिता सम्पन्न:

नेकपाको नवौं पार्टी पुनर्गठन दिवसको अवसरमा दाङको तुलसीपुरमा पनि बिबिध खेलकुद कार्यक्रमको आयोजना गरिएको छ ।
हिजो मंसिर ८ गते नेकपाको पुनर्गठन दिवसको अवसरमा आजपनि तुलसीपुरमा नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजनामा घैटो फोड प्रतियोगिता र कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको हो ।

घैटो फोड प्रतियोगितामा महिला तर्फ क्रमशः अरुणा सीले प्रथम स्थान हासिल गर्नुभएको थियो भने सपनशिला सी र रेखा सीले क्रमशः द्वितीय र तृतीय स्थान प्राप्त गर्नुभएको थियो । यस्तै घैटो फोड प्रतियोगिताको पुरुष तर्फ आतिराम सीले प्रथम स्थान हासिल गर्नुभएको हो भने आशिष सी र शाहिल सीले क्रमशः द्वितीय र तृतीय स्थान हासिल गर्नुभएको हो ।
यस्तै कुर्सी दौड प्रतियोगितामा क्रमशः कमला सी , दुर्गा सी र अरुणा सीले प्रथम , द्वितीय र तृतीय स्थान हासिल गर्नुभएको थियो ।
प्रतियोगितामा बिजय हासिल गर्ने प्रतियोगीहरुलाइ नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीले पुरस्कार वितरण गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ गते ‘नवौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔ , एकीकृत जनक्रान्तिको दिशामा अघि बढौ ‘ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा मनाएको बताएको छ। २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ ।

जनयुद्ध सञ्चालन भइरहेको समयमा २०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेना घोषणा गरी तत्कालीन शाहीसेनाका कयौँ क्याम्पहरूमा हमला गरेर विजय प्राप्त गरेको दिन पनि भएकाले यो दिन नेपालको राजनीतिक आन्दोलनको इतिहासमा स्मरणीय र ऊर्जाशील छ । अझै नेपालका क्रान्तिकारी र मालेमावादी राजनीतिक पार्टीहरूका लागि त यो दिन विशेष पर्वको दिन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार