भारतले रच्यो नयाँ इतिहास:चन्द्रयान-३ चन्द्रमामा सफल अवतरण

डेली न्युजराप्ती       ७ भाद्र २०८० ०९:५३ मा प्रकाशित     382 No Comments

काठमाडौँ । भारतको चन्द्रयान-३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेको छ। योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ। योसँगै इसरोको लाइभ स्ट्रिमिङ लिंकले पनि युट्युबमा इतिहास रच्यो। चन्द्रयान-३ को अवतरणको लाइभ स्ट्रिमिङ युट्युबको इतिहासमा सबै रेकर्ड तोड्दै ८.०६ मिलियन मानिसले एकै साथ हेरेका थिए। युट्युबमा यसअघि रेकर्डलाई चन्द्रयान-३ को लाइभ स्ट्रिमिङले बुधवारबाट पछाडि पारेको छ। ब्राजिल-कोरियाको फुटबल खेलको लाइभ स्ट्रिमिङ ६.१५ मिलियन मानिसले एकैसाथ हेरेका थिए, जुन रेकर्ड हिजो तोडिएको थियो।
त्यसैगरी तेस्रो नम्बरमा रहेको ब्राजिल र क्रोएसियाबीचको फुटबल खेललाई ५२ लाख मानिसले एकै साथ हेरेका थिए। इसरोको आधिकारिक युट्युब च्यानलमा चन्द्रयान–३ को अवतरण हुनुअघि सब्सक्राइबरको संख्या २.६ मिलियन अर्थात २६ लाख थियो, जुन सफल अवतरण पछि बढेर ३५ लाख पुगेको छ। अवतरणको प्रत्यक्ष प्रसारण करिब एक घण्टा ११ मिनेटसम्म चल्यो र इशरो ले एक घण्टामा नौ लाख सदस्यहरू प्राप्त गर्‍याे। इशरो को प्रत्यक्ष प्रसारण एकै साथ हेरेका सदस्यहरूको संख्या तीन गुणा भन्दा बढीसमेत रह्यो। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार