नेकपा दाङद्वारा तीन बुदे सहमती कार्यान्वयनका लागि सिडियो कार्यालयमा धर्ना तथा कोणसभा

डेली न्युजराप्ती       १८ आश्विन २०७८ १७:०० मा प्रकाशित     575 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीले राज्यसँग गरेको ३ बुँदे सहमति कार्यान्वयनका लागि देशभर आन्दोलनका कार्यक्रम अन्तर्गत असोज १८ गते देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना तथा कोणसभा सम्पन्न गरेको छ।
नेकपा दाङले पनि ३ बुँदे सहमति कार्यान्वयन गर, सम्पूर्ण राजबन्दी रिहाइ र सम्पुर्ण मुद्धा खारेज गर लेखिएको ब्यानर सहित सिडियो कार्यालय अगाडि करिव आधा घण्टा धर्ना पस्चात कोणसभा सम्पन्न गरेको हो। कोणसभालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्ला कार्यालय सदस्य किरणले राज्यसंग सहमती भएको लामो समय बितिसक्दा पनि सहमतीलाई कार्यान्वयन गर्ने दिशातिर गम्भीर नबनेको भन्दै कडा आपत्ति प्रकट गरे। उनले भने,” केपि सरकार इमानदार भएन,देउवापनि इमानदार नबने हामी घेरा तोड्छौ”। यो सहमती एउटा ऐतिहासिक सहमती हो, राज्य इमानदार भएन भने हामी जनतामा जान्छौ,बिद्रोह गर्छौ नेता किरणको भनाइ थियो।

एक फरक प्रसंगमा नेता किरणले आफुहरु हिजोपनि शान्तिपुर्ण ढंगले राजनीतिक मागहरु राख्दा देउवाको सनकले जनयुद्ध गर्न बाध्य भएको र आजपनि आफुहरु तीन बुदे सहमती मार्फत शान्तिपुर्ण कार्यक्रम लिएर जनतामा जादाजादै राज्यले प्रतिबन्ध थोपरेको,निहत्था कार्यकर्ताहरुको हत्या गरेको र जनतामा भ्रम छर्दै आफ्नो पार्टी र जनताको न्यायपुर्ण आन्दोलन समाप्त पार्न खोजेको जिकिर गरे। राज्यले सम्पुर्ण राजबन्दी रिहाइ नगरे र नेता-कार्यकर्ताहरु माथी लगाइएका सम्पुर्ण मुद्धाहरु खारेज नगरे देश फेरि युद्धको भुमरीमा फस्ने खतरा रहेको स्पष्ट पारेका थिए। कोणसभाको सहजीकरण नेकपा दाङका कार्यालय सदस्य बिकाशले गरेका हुन।नेकपाले सोमबार आन्दोलनका कार्यक्रम अन्तर्गत देशभरका जिल्ला प्रशासनमा धर्ना तथा कोणसभा कार्यक्रम गरेको छ ।केन्द्रीय घोषित कार्यक्रम अनुसार असोज २० गते देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार