हिन्दु राज्य कायम गरिनुपर्ने मागसहितको पर्चा छरेर राखियो कुकर बम

डेली न्युजराप्ती       ९ माघ २०७८ १९:२६ मा प्रकाशित     377 No Comments


माघ ९, झापा। झापाको बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्ट्यान्डमा कुकर बम फेला परेको छ । हिमाल सुरक्षा परिषद् मेची अञ्चल नामक संस्थाले राखेको उक्त बम नेपाली सेनाले निष्क्रिय गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्ट्यान्डमा बम राखिएको थियो । आइतबार बिहान पौने ६ बजे स्थानीयले कुकुर बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबरपछि प्रहरी टोली घटनास्थल पुगेर नेपाली सेनालाई खबर गरेको थियो। श्री नयाँ श्रीनाथ गण चारआलीबाट खटिएको टोलीले बमलाई घटनास्थलदेखि २०० मिटर पर लगेर निष्क्रिय गरेको गणका प्रमुख सेनानी अमरजंग थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलका अनुसार हिमाल सुरक्षा परिषद् मेची अञ्चल नामक संस्थाले पर्चासहित बम राखेको बताए। पर्चामा विभिन्न २० बुँदे माग छ। जिल्लामै पहिलो पटक नाम सुनिएको परिषद्ले जिल्लावासीलाई तर्साउन बम राखेको हुन सक्ने उनको भनाई छ। पर्चामा नेपालमा धर्मनिरपेक्षता खारेज गरी हिन्दु राज्य कायम गरिनु पर्ने, संघीयता खारेज गरिनु पर्ने, नागरिकता छानबिनका लागि आयोग गठन हुनुपर्ने, पुरानै पाँच विकास क्षेत्र कायम गरिनुपर्ने लगायतको माग रहेको एसपी पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार